
पर्वतमा सहकारीका संघहरु निष्क्रिय हुदा अभियान उठेन
सहकारी अभियानको कमजोर देखिएको पर्वत जिल्लाको सदरमुकाम कुश्मामा ६२ औं राष्ट्रिय सहकारी दिवस सहकारी ऐन नियम सम्बन्धी अन्तरक्रिया गरेर मनाइएको छ । जिल्ला सहकारी संघ निष्क्रिय रहेको तथा अन्य विषयगत संघहरु पनि क्रियाशिल अवस्थामा नरहेका कारण सहकारी गतिविधि कमजोर रहेको कुश्मामा राष्ट्रिय सहकारी बैंकको पहलकदमीमा यसपटक अन्तरक्रिया कार्यक्रम गरी सहकारी दिवस मनाइएको हो ।

सदरमुकामका सहकारी संघ संस्थाहरुको समन्वयमा ६२ औं राष्ट्रिय सहकारी दिवस मुल आयोजक समिति पर्वत गठन गरी कार्यक्रमको आयोजना गरिएको जिल्ला वचत तथा ऋण सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीले जानकारी दिनुभयो ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीको विशेष पहलकदमीमा यसपटक सहकारी दिवस मनाइएको उहाँको भनाइ छ । दिवसका अवसरमा आयोजित सहकारी ऐन नियम सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीले गर्नु भएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38