ताजा खबर

फेवा महोत्सवलाई संघसंस्थाले सघाउने

   २२ चैत्र २०७५, शुक्रबार १८:०३      2,077 views

पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा यही चैत २९ गतेदेखि आगामी बैशाख १ गतेसम्म आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सव २०७६ लाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाले व्यक्त गरेका छन् ।

महोत्सव आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले पोखरा स्थित विभिन्न पर्यटन सम्बद्ध संस्थाका अध्यक्ष र प्रतिनिधिसँग शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा उनीहरुले महोत्सवमा सुरक्षा, सरसफाई, मूल्य नियन्त्रण, मिडिया सेन्टर मार्फत महोत्सवको समन्वय र अनुगमनको पाटोलाई बढी ध्यान दिन सुझाव दिएका थिए ।

सो अवसरमा संघका अध्यक्ष एवं महोत्सवका संयोजक विकल तुलाचनले संस्थाद्वारा हालै नेपालका चार मुख्य शहरमा संचालन गरेको जाउँ है पोखरा अभियान र सो अवसरमा फेवा महोत्सवका बारेमा गरिएको प्रबद्र्धनात्मक कार्यक्रम र निमन्त्रणाका बारेमा जानकारी गराएका थिए । महोत्सवका अवसरमा संचालन गरिने गतिविधि, महोत्सवका आकर्षण र हालसम्म भएका प्रगति बारे समेत अध्यक्ष तुलाचनले सो अवसरमा प्रष्ट पारेका थिए ।

संस्कृति, खाना र संगीतको पाटोलाई केन्द्रमा राखी संघले यो पटक आयोजना गर्ने तीन दिने महोत्सवमा विभिन्न नेपाली खानाको प्रदर्शन र विक्री, सांस्कृतिक झाँकी प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता र गीतसंगीतका कार्यक्रम समेटिएको संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: