
नृत्य कार्यशालामा ‘झाम्रे’ देखि ‘हुडुलधुरा’ सम्मको चर्चा
राष्ट्रिय नृत्य निर्देशक कार्यशाला अन्तरगत सोमबार मगर समुदायको झाम्रे नृत्यदेखि हुडुलधुरा नृत्यसम्मको कार्यपत्र प्रस्तुत भए । पोखरामा जारी कार्यशालामा सोमबार कुल १५ वटा कार्यपत्र प्रस्तुत भएको आयोजकले बताएको छ ।
साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले पोखराको अनुशीलन कला पाठशालासँगको सहकार्यमा यो कार्यशाला गरेको हो । कार्यशालामा देशभरका फरकफरक विधाका लोक नृत्य निर्देशकहरुको सहभागिता रहेको छ ।

चैत २२ गतेदेखि शुरु भएको कार्यशाला अन्तरगत सोमबार ३ वटा सेसनमा नृत्य निर्देशकहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । पहिलो सेसन अन्तरगत अमन गुप्ताले मेचे समुदायको नृत्यको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै मगर समुदायको हुर्रा नृत्यको विषयमा सन्तोष मगर र भुपेन्द्र रिखामले सँयुक्त कार्यपत्र प्रस्तुत गरे भने पवित्रा खड्काले तामाङसेलोको विषयमा कार्यपत्र प्रस्तुत गरिन् ।
पहिलो सेसन अन्तरगत मुसहर समुदायको हुरका नृत्यको कार्यपत्र अन्तिम बन्यो । अनु रजकले हुरका नृत्यको विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।
तुलसी प्रभासले नेवार समुदायमा नाचिने डण्डी नृत्यलाई दोस्रो सेसनको शुरुवातमै आप्mनो कार्यपत्रको विषय बनाए । त्यस्तै सभेक्षा म्याङ्बोले धान नाच, मनोज राजवंशीले विदापद, गमबहादुर गुरुङले कृष्ण चरित्र र अमृत प्रसाँईले हुडुलधुरा नृत्यको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । केही फरक र लोपोन्मुख विधाको नृत्यको विषयमा जानकारी लिन पाउँदा सहभागीहरु दंग परेका थिए ।
सोमबारको अन्तिम सेसन अन्तरगत नगेन्द्र राईले धिमाल र स्यादर पिदार, ओमप्रकाश बस्नेतले विदापद, मनोज राजवंशीले झिझिया नृत्यको कार्यपत्र प्रस्तुत गरे भने मगर समुदायको झाम्रे नृत्यको विषयमा हर्क आलेले कार्यपत्र प्रस्तुत गरे ।
चैत २६ गतेसम्म चल्ने राष्ट्रिय लोकनृत्य कार्यशाला सहभागीहरुसँगै आयोजकका लागि पनि निकै लाभदायक रहेको कार्यक्रम सँयोजक समेत रहेका अनुशीलन कला पाठशालाका गोरे गुरुङले बताए । ‘हामीले जे सोँच राखेर यो कार्यशाला आयोजना गरेका थियौँ । त्यो सोँचअनुसार नै हामीले सफलता पनि पायौँ ।’ गोरे गुरुङले भने ।
आजको खबर
Follow Us

पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
११ आश्विन २०८०, बिहीबार १३:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38