
मुस्ताङको छेङ्गुरमा पर्वतीय खेल तालिमकेन्द्र बन्ने
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ छेङ्गुर उपयुक्त हाईअल्टिच्युड पर्वतीय तालिमकेन्द्र भएको बताएका छन् ।
आईतबार मुस्ताङ आएका गुरुङले यसको निधो गर्न मुस्ताङ आएको आएको बताए । मुख्यमन्त्री गुरुङले आ.व. ०७५÷०७६ को कार्यक्रम अनुसार प्रदेशले उच्च उचाईको पर्वतीय खेलकुद तालिमकेन्द तथा स्टेडियम आदी स्थापना गर्ने लक्ष्य रहेको जनाए ।

यसअघि केही जिल्लामा यसको अध्ययन गरेको र यसको उपयुक्त पूर्वाधार यही भएको मुख्यमन्त्री गुरुङले सुनाए ।उनले ठुलो लागतमा बन्ने प्रदेशकै गौरवको आयोजना भएकाले संघ,प्रदेशको लगानी तथा नीजि स्तर र बिदेशी लगानीबाट निर्माण हुने जनाए ।पर्वतीय हाईअल्टिच्यूड खेल मैदानका लागि जग्गा मात्र होईन सबै पूर्वाधार आवश्यक पर्ने भएको र ति पूर्वाधार जुटाउन छेङ्गुर उपयुक्त स्थान भएको औल्याए ।‘सम्झनुहोस् हाईअल्टिच्युट तालिमकेन्द्र बन्छ बन्छ ।
स्थानीयतहको सहमति जुटाएर प्रदेशमा सिफारिस पठाउनुहोस् अरु काम हामी गछौं,’स्थानीयलाई आश्वस्त पार्दै मुख्य मन्त्री गुरुङले भने,‘यसका लागि संघ सरकार संग वा बिदेशी लगानी भित्र्याएर यसलाई संम्पन्न गरेरै छाड्छौं,तपाईहरु ढुक्क हुनुहोस्ं।’उनले भौगोलिक बनाबट खानेपानी,एयरपोर्ट ,यातायात,अस्पताल लगायतका पूर्वाधार आवश्यक पर्ने भएकाले यि पूर्वाधार जुटाउन यहाँ सहज हुने बताए ।उनले यहाँ बन्ने हाईअल्टिच्युड तालिमकेन्द्र अन्तराष्ट्रिय स्तरको र यो तालिमकेन्द्रमात्र नभई यहाँ अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने पूर्वाधार निर्माण गर्ने सुनाए ।
मुख्यमन्त्री गुरुङले हाईअल्टिच्युड तालिमकेन्द्र निर्माण गर्ने क्रममा क्रिकेट वा फुटबल मैदान बनाउने भन्नेबारेपछि निर्णय हुने जनाए । तालिमकेन्द्रमा ईनडोर र आउटडोर दुबैको पुर्वाधार हुने बताउँदै उनले तालिमकेन्द्रमा सबै प्रकारका खेलहरु जोडिने जानकारी दिए । तालिमकेन्दका साथै १० हजार सिट क्षमताको दर्शक प्याराफिट निर्माण गरिने र यस संगै ५ सय सिट क्षमताको ध्यानकेन्द्र योगहल समेत बिस्तार गर्ने योजना रहेको मुख्यमन्त्री गुरुङले सुनाए ।उनले ्र तालिमकेन्द्रका लागि चाहिने खेलाडी तथा अफिसियल हल जस्ता पूर्वाधार निर्माण गर्न यहाँको जग्गा पर्याप्त भएकाले यसलाई टुङ्गोमा पू¥याईने जनाए ।

मुस्ताङको मुक्तिनाथ अन्तराष्ट्रिय प्रोडक्ट भएको र संसारकै उत्कृष्ट ट्रेकिङ रुट मध्ये राउन्ड अन्नपूर्ण पदमार्ग एक भएकाले यसको बिसौनी थोरङलापास फेदमा बिदेशी पर्यटकलाई हाईअल्टिच्यूट तालिमकेन्द्रले लोभ्याउने मुख्यमन्त्री गुरुङको भनाई छ ।उनले संसारकै प्रख्यात मुक्तिनाथधाम वरपर तालिमकेन्द्र लगायत स्की ,रक क्लामिङ र एडभेन्चर टुरिजम सेन्टरको पनि संम्भावना अधिक भएको उल्लेख गरे ।अर्को फरक प्रसङ्गमा मुख्यमन्त्री गुरुङले कोरलानाका देखि पोखरा सम्मको सडक आयोजनाको माला उनिन लागेका उल्लेख गर्दै उनले बेनी देखि मालढुङ्ग सडक फराकिलो बनाउनेकार्य भैईरहेको जनाए ।उनले चिनिया सरकारको लागत बढी भएकाले अहिलेकै ट्यापिङमा कम लागतमा काम भईरहेको उल्लेख गरे ।कोरलानाका महत्वपूर्ण नाका भएकाले यसबाट भारतिय पर्यटकलाई मानसरोबर जान सहज हुने उनले खुलाए ।
कोरला पूर्वाधारका लागि प्रदेश सरकारले पहल गरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले अब छिट्टै संरचना निर्माणको आधार तयारी हुने जानकारी दिए ।उनले पोखरा देखि दुम्कीबास सडकको प्राविधिक अध्ययन भईरहेको खुलाए ।मुख्यमन्त्री गुरुङले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले १ सय १७ वटा स्वास्थ्य चौकी निर्माण गर्न लागेको बताउँदै उनले प्रदेशले पोखरामा मोर्डन अस्पताल बनाउने योजना रहेको सुनाए ।’मिलेमा पश्चिमाञ्चल अस्पताललाई मोर्डन अस्पताल बनाउँछौं,जसमा १ हजार शैया हुन्छ ,‘उनले भने,‘यही नमिले क्यान्सर,मुटु र किड्नी अस्पताल पोखराको कुनै स्थानमा निर्माण गछौं ।
’मुस्ताङ जिल्ला पर्यटनका साथै कृषिको पनि अधिक संम्भावना रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशले ७० प्रतिशत अनुदानमा १ लाख स्याउँका बेर्ना उपलब्ध गराउने जानकारी दिए ।प्रदेशले ११ वटै जिल्लामा मोडेल फर्म संञ्चालन गर्न लागेका र यसका लागि ५० प्रतिशत अनुदान सहयोग उपलब्ध गराईने बताए ।गाउँ गाउँका किसानहरुको उत्थान नभई देशमा समृद्धि असम्भव भएकाले मुस्ताङमा कृषि मोडेल भिलेजको अध्ययन भईरहेको जानकारी दिए । संघीय सांसद प्रेमप्रसाद तुलाचनले मुस्ताङमा हाईअल्टिच्यूट तालिककेन्द्रका लागि प्रदेशको प्रयास सहनीय भएको बताए ।उनले तालिमकेन्द्रले जोडिए मुस्ताङको पर्यटन व्यवसायमा श्रीबृद्धि हुने जनाए ।बस्तुको अध्ययन र अवलोकनले आयोजना बलियो हुने दावी गर्दै मुस्ताङ जिल्ला खनिज र प्राकृतिक श्रोतसाधनले धनी भएको उल्लेख गरे ।
प्रदेश सभासदस्य ईन्द्रधारा बिष्टले मुस्ताङ जिल्ला हाईअल्टिच्यूट तालिमकेन्द्रको उपयुक्त स्थान भएको उल्लेख गर्दे प्रदेश सरकारको प्रयासलाई धन्यवाद दिए ।उनले ५ वटै स्थानीयतहको मध्यभागमा वारागुङको छेङ्गुर रहेकाले आफु यसमा सहमत भएको बताए । मुस्ताङको छेङ्गुरमा यसअघि तालिमकेन्द्रको संम्भाव्यता अध्ययन भएको थियो ।तालिमकेन्द्र पूर्वाधारका लागि करिव ५ सय रोपनी जग्गा उपलब्ध हुनुपर्दछ ।साथै २ हजार मिटर उचाईमा खेलाईने खेललाई हाईअल्टिच्यूट खेलअन्तर्गत पर्ने भएकाले मुस्ताङको छेङ्गुर अधिक संम्भावनामा रहेको हो ।छेङ्गुर अनुबन्ध तालिमकेन्द्र करिव ३८ सय मिटरको उचाईमा छ ।
नजिकै मुक्तिनाथ मन्दिर ,थोरङ्पास र हिमालको दृष्यअवोकन गर्न सकिने भएकाले अन्तराष्ट्रिय खेलाडी भित्रिने संम्भावना बलियो देखिएको छ । यसअघि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई जोमसोम,कागबेनी,जनहित मावि जोमसोम,मुक्तिनाथ र छेङ्गुर बासीले भब्य स्वागत गरेका थिए ।मुख्यमन्त्री गुरुङले मुक्तिनाथक्षेत्रलाई बातावरणमैत्री बनाउन स्थानीयलाई सुझाए ।मुख्यमन्त्री गुरुङलाई कागबेनीका स्थानीयले नदी नियन्त्रण तथा श्राद्ध स्थलको अवस्थाका बारेमा जानकारी दिए ।मुख्य मन्त्री गुरुङले आईतबारनै प्रदेश सरकारद्धारा संञ्चालित कार्यालयहरुलाई बिफ्रिङ गरेका छन् ।
मुख्यमन्त्री गुरुङ सहित पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी,प्रदेश मुख्य सचिव लक्ष्मीनाथ पौडेल,नीति तथा योजना आयोगका गिरधारी शर्मा पौडेल मुख्यमन्त्रीका राजनितिक सल्हाकार गोबिन्द नेपाली मुस्ताङ आएका हुन् ।मुख्यमन्त्री गुरुङले सोमबार र मंगबार २ दिन पार्टी प्रशिक्षणमा सहभागी हुने जनाईएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38