
पोखरामा महानगर स्तरीय योग केन्द्रको आवाश्यकता
श्री गणेश योग केन्द्र पोखरा—४ ले बुधबार पहिलो वार्षीकोत्सव मनाएको छ । गणेश गुठी पोखरामा भएको केन्द्रको पहिलो वार्षीकोत्सव कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नंं. ४ का वडा अध्यक्ष शंकर प्रसाद बाँस्तोलाले महानगर स्तरीय योग केन्द्र स्थापनाका लागी आवाश्यक पहल गर्ने बताउनुभयो ।

पोखरामा योग प्रेमीहरुको संख्या बढ्दै जाँदा उपयुक्त र व्यवस्थित योग केन्द्रको आवाश्यकता तड्कारो बनेको उहाँले उल्लेख गर्नुभयो । परिवर्तनका लागी आसन, भाषण र सम्मानलाई त्याग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
पतन्जली योग केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र लालचनले योग साधकका लागी साधना र छिमेकीहरुका लागी सेवा हुने बताउनुभयो । योगको साधनाले विभिन्न प्रकारका जटिल रोगहरुसंग लड्नसक्ने रक्षात्मक शक्तिको आर्जन हुने उहाँले विश्वास दिलाउनुभयो ।
पतन्जली योग केन्द्र गण्डकी प्रदेशका प्रभारी दिपक सिग्देलले आत्मा शुद्धि र स्वास्थ्य पर्वद्धनका लागी योग हरेक मानिसका लागी अनिवार्य रहेको बताउनुभयो । कार्यक्रममा बोल्ने अधिकांस योगका जानकारहरुले योग मार्फत सकारात्मक सोचको विकास हुने बताएका छन् ।
केन्द्रमा ३० जना योग साधक तथा साधिकाहरुले निशुल्क योगको प्रशिक्षण लिईरहेका छन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38