ताजा खबर

हेमजा आलु महोत्सवमा आलुको कारोवार बढ्दो

   २९ चैत्र २०७५, शुक्रबार ०८:१४      2,055 views

श्रीभद्र पौडेल

हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा चैत २२ गतेदेखि सुरु दशौं राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ आलुको कारोवारमा बृद्घि भएको छ ।बिहीवार मात्रै दुई सय ५० बढी दर्शकले आलु किनेर लगेको झाँकी तथा खरिदबिक्री उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।

तिम्सिनाका अनुसार सुरुदेखि बिहीवारसम्ममा कुल एक हजार बढी दर्शकले आलुको कारोवार गरेको बताइएको छ । जसअनुसार हालसम्म सबैभन्दा बढी मुस्ताङका तेन्जीङ गुरुङले ७ सय ५० किलोग्राम आलु लगेको तिम्सिनाले जनाए ।न्यूनतम पाँच केजीसम्म आलु किन्न सकिने उनले बताए ।


महोत्सवमा आलु किन्नकै लागि स्याङजा, बुटलव, काठमाण्डौं, पोखरा, मुस्ताङ, कास्कीका अन्नपूर्ण र माछापुच्छे« गाउँपालिकाबाट पनि मासिनहरु महोत्सव स्थल आएको आयोजक विष्णुपादुका क्लवले जनाएको छ ।कतिपयले दर्शकले आफ्नै घरमा पर्याप्त आलु भएपनि चाख्नकै लागि आलु किनेको प्रतिक्रिया समेत दिएका छन् ।


बिहीवारसम्ममा कुल १४ लाख ५० हजार बराबरको आलुको कारोवार भएको झाँकी तथा खरिदबिक्री उपसमितिका संयोजक तिम्सिनाको भनाई छ । त्यस्तै कुल ३० हजार दर्शकले महोत्सव अवलोकन गरेको स्वयम् सेवक परिचालन उपसमितिका संयोजक राजेन्द्र थापा (गौरव)ले जानकारी दिए ।

महोत्सवमा बिहीवार लोकदोहोरीतर्फ प्रजापति पराजुली, राजु परियार, निशा पोखरेल, राजन कार्की, ज्ञानेश्वर सुवेदी, सरिता सारु मगर, गंगा त्रिपाठी, स्वस्तिका तिम्सिना तथा हास्यतर्फ राजा राजेन्द्रले प्रस्तुति राखेका थिए ।त्यस्तै रत्यौली प्रतियोगिता र राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिताले पनि निरन्तरता पाएको थियो।


महोत्सवमा शुक्रवार लोकदोहोरीतर्फ पशुपति शर्मा, सुरेन्द्र गुरुङ, जगत गौडेल, जीवन दाहाल, सीता परियार, बसन्ती थापा र परशुराम अधिकारी साथै हास्यतर्फ यमन माडसाब र बटारेका प्रस्तुतिहरु रहने सांस्कृतिक उपसमिति संयोजक सुर्यबहादुर कुँवरले बताएका छन् ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: