ताजा खबर

पर्यटक दौडमा अमेरिकाका ब्रायन प्रथम

   ३० चैत्र २०७५, शनिबार २०:३०      2,117 views

सोह्रौ फेवा नव बर्ष महोत्सव अन्तर्गत शनिवार पोखराको लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा अमेरिकाका ब्रायन किन प्रथम भएका छन् । यसैगरी बेलायतका एलेक्स हक्कन द्वितीय भए भने क्यानडाका माइकर बेकरले तृतीय स्थान हासिल गरे ।

प्रतियोगिता अन्तर्गत महिलातर्फको छुट्टै मुल्यांकनमा बेलायतकी हाना कारस प्रथम, फ्रान्सकी भिओलेट लेफर दोश्रो र अमेरिकाकी सारा कोइनी तृतीय भए । प्रतियोगितामा विभिन्न देशका कूल ६६ पर्यटकले सहभागिता जनाएको प्रतियोगिता संयोजक अनिल सिंहले जानकारी दिए । पोखराको हल्लनचोक स्थित पिस प्लाजा होटल देखि रत्न मन्दिरको दक्षिणी गेटसम्म सहभागीहरु दौडिएका थिए ।

प्रतियोगितामा प्रथम हुनेले बुद्ध वा यति एयरको पोखरा–काठमाडौं उडान टिकट, मायाको चिनो, विजी वी क्याफेमा ककटेल डिनर र सिइङ हेण्ड्समा मसाजको सुविधा पाएका छन् । यसैगरी द्वितीय हुनेलाई अन्नपूर्ण वा पोखरा प्याराग्लाइडिङ कम्पनीबाट ३० मिनटको टेण्डम उडान सुविधा, मायाको चिनो, विजी बी क्याफेमा ककटेल डिनरको सुविधा र सिइङ हेण्ड्समा मसाजको सुविधा प्रदान गरियो ।

तृतीयका लागि भने पोखरा–काठमाडौं रुटमा ग्रिनलाइन टुर्सको टिकट, मायाको चिनो, सोही क्याफेमा ककटेल डिनर र उल्लेखित पार्लरमा मसाजको सुविधा व्यवस्था गरिएको थियो । प्रशंशापत्र सबै सहभागीका लागि प्रदान गरिएको थियो ।

आयोजक पश्चिमाञ्चल होटल संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले पोखरा प्रबद्र्धनमा पर्यटक दौड प्रतियोगिताले राम्रो प्रभाव छाड्दै आएको बताए । प्रतियोगिताका सहभागी र अन्य उपस्थित सबैलाई तुलाचनले धन्यवाद ज्ञापन गरेका थिए । पुरस्कार वितरण कार्यक्रम संघका महासचिव गणेशराज पहारीले संचालन गरेका थिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: