ताजा खबर

लुक्लामा विमान दुर्घटना : कोपाइलट र असईको ज्यान गयो

   १ बैशाख २०७६, आईतवार ११:०३      1,228 views

सोलुखुम्ब : लुक्ला विमानस्थलमा समीट एयरको विमान मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा विमान र हेलिकोप्टरका पाइलट छन् । बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौका लागि उड्न लागेको विमान धावनमार्गबाट चिप्लिएर रोकिराखेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा विमानका कोपाइलट सुजित ढुंगाना र धावनमार्गमा ड्युटीमा खटिएका प्रहरी असई रामबहादुर खड्काको ज्यान गएको हो ।


घाइते हुनेमा ड्युटीमै खटिएका प्रहरी असई रुद्रबहादुर श्रेष्ठ, समीट एयरका पाइटल रवीनाथ रोकाया र मनाङ एयर हेलिकोप्टरका पाइटल चेतबहादुर गुरुङ रहेका छन् । घाइते पाइटल रोकाया र सुरक्षाकर्मी श्रेष्ठलाई सिम्रिक एयरको हेलिकोप्टरमा उपचारका लागि काठमाण्डौको शिक्षण अस्पताल पठाइएको छ ।

हेलिकोप्टरका पाइलट चेतबहादुर गुरुङलाई भने मनाङ एयरकै हेलिकोप्टरबाट शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते तीनै जनाको अवस्था गम्भिर रहेको छ ।


0 0 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: