ताजा खबर

नयाँ वर्षमा बागलुङ समाज पोखराको भित्तेपात्रो लोकार्पण

   २ बैशाख २०७६, सोमबार १८:४५      2,129 views


बागलुङ समाज पोखराले नयाँ वर्ष २०७६ को भित्तेपात्रो लोकार्पण एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद् इन्द्रलाल सापकोटाले राजनीति सफा नभएसम्म देश विकासले गति लिन नसक्ने भनाइ राख्नुभयो । देश विकासका लागि राजनैतिक प्रतिबद्धताले मात्र नपुग्ने भन्दै उहाँले अब भाषण नभइ व्यवहारमा उत्रने बेला आएको धारणा व्यक्त गर्नुभयो ।

बागलुङ जिल्लाको समग्र विकास र समृद्धिका लागि आफूहरूले प्रदेश सरकारलाई निरन्तर खबरदारी गरिरहेको भन्दै सांसद् सापकोटाले बागलुङको विकासका लागि सम्भावनाको खोजी गरी परिणाममुखी योजना बनाउनुपर्ने बताउनुभयो ।


अर्का प्रदेश सांसद् चन्द्रबहादुर बुढा “सागर”ले राजनैतिक क्रान्तिपश्चात् अहिले देश आर्थिक समृद्धिको यात्रामा अघि बढेको भन्दै विकासका लागि आरोप प्रत्यारोपमा उत्रने बेला नभएको उल्लेख गर्नुभयो ।


बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डिल्लीप्रसाद शर्मा र उपाध्यक्ष सुनिल पाण्डेले स्वागत गर्नुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: