
आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन कार्यक्रम आज
बाँके – नेपालगञ्ज रङ्गशालामा बिहिवार ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन हुँदैछ । राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार साँझ ५ : ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतियोगिताको उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुदमा ७ प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा एनआरएन गरी ११ टोलीका खेलाडीबीच प्रतिस्पर्धा भैरहेको छ । प्रतियोगितामा पाँच हजार २११ खेलाडीसहित प्रशिक्षक, व्यवस्थापक, अफिसियसल, रेफ्री सङ्घ प्रतिनिधि गरी ११ हजारको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन बिहीबार भए पनि चैत २७ गतेदेखि नै खेलहरु सुरु भैरहेका छन् । बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र केही खेल काठमाण्डौ, ललितपुर र पोखरामा पनि भैरहेका छन् । ओलम्पिक टर्च लाइट बिहीबार बेलुकी नेपालगञ्ज रंगशाला पुग्नेछ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38