
देशका विभिन्न स्थानमा बम विस्फोट र आगजनी, पोखरामा एक सैनिक घाईते
अज्ञात समुहले देशका विभिन्न ठाउँमा बम विस्फोट गराउनुका साथै केही सवारीसाधनमा आगजनी गरेको छ ।

पोखराको नदीपुरस्थित प्रदेशसभा भवन अगाडि भेटिएको वम डिस्पोजन गर्ने क्रममा एक सैनिक घाइते भएका छन् ।
प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लोमा बेरेर डेटोनेटर डिस्पोज गर्ने क्रममा सैनिक धर्मबहादुर थापाको हातमा चोट लागेको हो ।
त्यसैगरी पोखराको लेखनाथस्थित सैनिक बस्तीमा पनि त्यस्तै संकास्पद बस्तु भेटिएको छ ।
उता पाल्पाको रिब्दिकोट गाउँपालिकाको भवनमा पनि बम विस्फोट भएको छ । विस्फोटबाट गाउँपालिकाको भवनमा सामान्य क्षति पुगेको छ ।
विस्फोटबाट एक थान कम्प्यूटर, तीन तल्लाको अगाडी भागको झ्यालका सिसा फुटेको, एउटा झ्यालको चौकस, भवन अगाडीको ट्रस ध्वस्त भएको र भवनको ग्राह्रोसमेत केही चर्किएको छ ।
त्यस्तै बागलुङको बागलुङ नगरपालिकामा पनि पाइप बम फेला परेको छ ।
बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । त्यस्तै काभ्रेको पनौतीमा भेटिएको बम पनि सेनाले निस्क्रिय पारेको छ ।
उता मकवानपुरको भिमफेदी गाउँपालिका – ९ गोलमोडमा हेटौंडाबाट तरकारी बोकेर पालुङतर्फ जाँदै गरेकोे मिनि ट्रकलाई रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरले जनाएको छ ।
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौँडातर्फ कुखुरा बोकेर जाँदै गरको बोलेरो जिपमा अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेको छ । आगलागीबाट दुईवटै गाडी पूर्ण रुपमा क्षति भएको छ ।
बम विस्फोट र आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।
नेत्रविक्रम चन्द विप्ल समूहले आफूहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गर्दै नभए कडा आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ ।
विप्लव समुहले आज नेपाल बन्दको आह्वान गरेको छ ।
बन्दको काठमाडौं उपत्यका लगाएत मुलुकका विभिन्न स्थानमा आंशिक प्रभाव परेको छ । लामो दुरीका निकै कम मात्र सवारीसाधन चलेका छन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38