ताजा खबर

ताङतिङ क्होला सोंथर जोडने सडक तिव्र गतिमा अघिबढदै बाटो क्रपु पुग्यो

   १३ बैशाख २०७६, शुक्रबार १३:१५      2,157 views

कास्कीको मादी गाउँपालिका वडा नं २ ताङतिङ हुँदै गुरुङ जातिको ऐतिहासिक पैतृक थलो क्होला सोंथर जोड्ने मोटर बाटोको प्रारम्भिक १० किलोमिटर बाटो खन्ने काम सम्पन्न भएको छ ।

नेपालका सरकारको संघिय बजेट अन्तरगत कास्की निर्वाचन क्षेत्र नं १ का संघिय सांसद खगराज अधिकारीको विशेष पहलमा करिब ७० लाखको बजेटमा पहिलो चरणको ट्रयाक खोल्ने काम सुरु गरिएको हो ।

ताङतिङबाट सुरु भएको यो सडक १० किलोमिटर खनिसक्दा अहिले करापु डाँडा नजिक पुगेको छ । त्यसपछि चोब्रो तोप्रो हुँदै बाटो क्होला सोथरसम्म पुग्ने मादी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष एकजंग गुरुङले जानकारी दिनुभयो ।

हिउँदमा वनैभरी लाली गुराँस फुल्ने र बर्खामा भुईभरी बुकी फुल्ने अनि यार्सा गुम्बा उम्रिने यसक्षेत्रमा मोटरबाटो खुलेपछि अन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले बताउनुभयो ।

करिब पाँच प्रकारको लाली गुराँस फुल्ने उक्त लेकाली क्षेत्रमा अर्को वर्षदेखि लाली गुराँस महोत्सव गर्ने समेत गाउँपालिकाको योजना रहेको छ । भने संसारभरका गुरुङ जातिलाई आफनो पितृ थलो क्होला सोंथर पुग्नमा बाटो ठूलो मद्दत गर्ने छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: