
पाेखरामा नेता खाेज्न दिउँसै टर्च लाइट
अखिल क्रान्तीकारीले पोखरामा दिँउसै लाइट बालेर आफ्ना वेपत्ता नेता खोजेका छन् तत्कालिन अखिल क्रान्तिकारीका महासचिव पूर्ण पौडेल तथा सम्पुर्ण वेपत्ताहरुको स्थीति सार्वजनिक गर्न माग गदै अखिल क्रान्तिकारी गण्डकी प्रदेशले आफ्नो नेताको खोजी गरेका हुन् ।

बेपत्ता योद्धाहरुको खोज सभामा बोल्दै बेपत्ता पौडेलकी आमा मोतीमाया पौडेलले आजैको दिन कालिमाटीमा वेलुका ८ बजे भात खाने बेलामा पुलिसले थाल लत्ताए खालास् भात भन्दै वेपत्ता पारेको बताइन् ।
मेरो स्यानुलाई कल्ले देख्यो भन्छ , मेरो स्यानु कहाँ थियो कल्ले भन्छ भन्दै २०६० साल देखी निरन्त हिँडिरको भन्दै आमा मोतीमायाले आफ्नो छाेराकाे अवस्था जे जस्तो भए पनि सार्वजनिक गरिदिन विद्यार्थीहरुलाई आग्रह गरिन् । उनले आफ्नाे छाेरा जसरी पनि आउने आफुलाई विश्वास रहेकाे बताइन् ।
अखिल क्रान्तिकारीका अनुसाशन तथा अनुगमन आयोगका केन्द्रिय अध्यक्ष अमरदीप पराजुरीले अहिले परिवर्तन पौडेल जस्तो देशप्रेमी नेताको त्याग र वलिदानीले सम्भाव भएको बताए । उनले तत्कालिन माओबादी पटक पटक सरकारमा गए पनि खोलो तर्यो लौरी विर्सियो गरेको भन्दै आक्रोस पोखे । पराजुलीले पौडेल लगाएतका वेपत्ताहरुको तुरुन्त सार्वजनिक सरकारसंग गर्न माग गरे ।
नेकपाको प्रदेश सदस्य तथा वेपत्ता नेता पौडलेकी दिदि तेजकुमारी पौडेलले गणन्तत्रका लागि आफ्नो प्रिय नेता बेपत्ता भएको भन्दै उनी सार्वजनीक हुने विश्वास व्यत्त गरिन् ।
यता अखिल क्रान्तिकारी केन्द्रिय सचिव क्षितिज सापकोटाले आफ्नै सरकारको खबरदारी गरेका छन् । उनले वेपत्ता भएको १७ वर्ष वितिसक्दा पनि सरकरकाले वेपत्ता योद्धा पौडेल लगाएतका वेपत्ता योद्धाहरुको सवलामा दुइतिहाइको सरकार चुईक्क पनि नबोलेको भन्दै कडा चुनैति दिएका छन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38