ताजा खबर

स्याङ्जाको पुतलीबजार ४ बरबोटमा मगर भाषा कक्षा सुरु

   २१ बैशाख २०७६, शनिबार ०८:०३      990 views

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ४, बरबोटमा १० दिने मगर भाषा कक्षा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

शुक्रबारदेखि सुरु भाषा कक्षा अभिमुखीकरणको उद्घाटन गर्दै वडाध्यक्ष ओमबहादुर खड्काले आफ्नो जातीय मातृभाषाप्रति गर्व गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । वडाले कुनै पनि लक्षित वर्गलाई नछुटाइकन बजेट विनियोजन गरेको भन्दै वडाध्यक्ष खड्काले यसपाली मगर भाषा संरक्षणमा कम बजेट भएपनि आगामी वर्षदेखि आवश्यकता हेरी बजेट बढाउन सकिने भनाइ राख्नुभयो । थोरै बजेट भएपनि सदुपयोग गर्न आग्रह गर्दै वडाध्यक्ष खड्काले आगामी वर्षमा माग गरेको खण्डमा कार्यक्रमको आवश्यकता हेरेर बजेट वृद्धि गर्न सक्ने बताउनुभयो ।

वडा सदस्य डोलराज गौतमले वडाभित्र रहेको एक मात्र आदिवासी जनजाति समुदाय मगर भएको भन्दै मगरको पहिचान संरक्षण गर्न वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मगर भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगरले लोपोन्मुख हुँदै गएको मगर भाषाको संरक्षणका लागि वडाले देखाएको चासोप्रति धन्यवाद व्यक्त गर्दै सम्बन्धित सरोकारवाला समुदाय पनि भाषा संरक्षणका लागि उत्तिकै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

१० दिनसम्म चल्ने मगर भाषा कक्षामा प्रशिक्षक श्रीसमगरले प्रशिक्षण दिनुहुनेछ । पुतलीबजार नगरपालिकाको वडा नं. ४ मा जम्मा १५ घरधुरी मात्र मगर जातिको बसोबास रहेको छ । जसमा पूराना पुस्ताले मगर भाषा बोल्न जानेपनि नयाँ पुस्ताका कसैले पनि मगर भाषा बोल्न जान्दैनन् । बरबोट मगर समूहकी अध्यक्ष निर्मला रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कुमार थापामगरले गर्नुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us

साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments

खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!

NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: