ताजा खबर

लमजुङको ङादीमा सरोज गुरुङले सञ्चालनमा ल्याए मस्र्याङदी हिलसाइड कटेज

   २१ बैशाख २०७६, शनिबार १६:१४      3,441 views

आश गुरुङ


चक्रीय पदमार्गमा आउने पर्यटक लक्षित गरी मस्र्याङदी गाउँपालिका ७, ङादीमा एक युवकले कटेज संचालनमा ल्याएका छन् ।

बेंसीसहरबाट खुदी, भुलभुले हुँदै ङादीको बाटो भएर दैनिक देशीविदेशी पर्यटक हिमाली जिल्ला मनाङतर्फ आवतजावत गर्ने गर्छन् । पदमार्गमा हिँड्ने पर्यटकलाई लक्षित गरेर ‘अग्र्यानिक’ परिकार खुवाउने भन्दै मस्र्याङदी गाउँपालिका ७ ताङ्लीचोकका २७ बर्षीय सरोज गुरुङले ङादीबजारमा मस्र्याङदी हिल साइड कटेज संचालनमा ल्याउनुभएको हो । अन्य पर्यटकीय होटल भएपनि कटेजको आवश्यकता महसुस गरी ६० लाख रुपियाँ लगानी गरी कटेज निर्माण गरेको बताउनुभयो ।

उहाँका अनुसार कटेजमा रेडिमेट तथा अर्डर अनुसार अर्गानिक खाना बनाइन्छ । भुलभुले क्षेत्रमा रहेको सुरुङमार्ग, भुलभुले झरना, माथिल्लो मस्र्याङदी ‘ए’ आयोजना, डा. हर्क गुरुङ समाधीस्थल तथा पार्कलगायतका ठाउँ घुम्न आउने आन्तरिक पर्यटकलाई समेत लक्षित गरी कटेज संचालन गरिएको उहाँले बताउनुभयो । ‘पर्यटकीय सिजन सुरु भएको छ । आन्तरिक र बाह्य पर्यटक आउन थालेका छन्’ उहाँले भन्नुभयो, ‘पदमार्गका पर्यटकलाई खाना, खाजा तथा वासको व्यवस्था छ ।’

आफ्नै जग्गामा ६ कोठाको एकतले भूकम्प प्रतिरोधी घर निर्माण गरी कटेज संचालन गरेको उहाँले बताउनुभयो । ३५ जना क्षमताको एउटा सेमिनार हल छ । १० जनासम्म वास बस्न मिल्ने कोठा निर्माण गरिएको छ । एक बर्षभित्रमा ३० जनासम्म बास बस्न मिल्ने संरचना बनाइने उहाँले बताउनुभयो । अहिले ३ वटा कटेज निर्माण गरिएकोमा एउटामा ६ जना अट्ने उहाँले बताउनुभयो । उहाँका अनुसार कटेजमा एकैपटक ५० जनासम्मले खाना तथा खाजा खान मिल्छ ।

सरोजकी श्रीमती गीता गुरुङका अनुसार दुवैजना खटेर कटेज संचालन गरिएको छ । एकजना कुक राखिएको छ । पछि कामदार थप्दै लाने उहाँले बताउनुभयो । ‘यहाँ अर्गानिक खाना पाउने ठाउँ खासै छैन । यसअघि बनेका अधिकांश होटल विदेशीलाई मध्यनजर गरेर बनाइएको छ’ उहाँले भन्नुभयो, ‘अर्गानिक नेपाली खानाको स्वाद दिनका लागि हामीले कलेट सञ्चालन गरेका हौं । यो स्वदेशी, विदेशी दुवैका लागि हो ।’ कलेजमा आउने पर्यटकलाई अर्गानिक खाना खुवाउन बारीमा आलु, गाँजर, धनियाँ, साग, काउली, बन्दा, गोलभेडालगायत लगाउने तयारी गरिएको उहाँले बताउनुभयो ।

उक्त कटेजको उद्घाटन गर्दै संविधान सभा सदस्य जमीन्द्रमान घलेले चक्रीय अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकको लागि कटेजले राम्रो खाना, खाजा तथा बासको व्यवस्था गर्नुपर्ने बताउनुभयो । ‘युवा विदेश पलायन भइरहेको बेला गाउँमै व्यवसाय संचालन गर्नु राम्रो हो’ उहाँले भन्नुभयो, ‘युवा गाउँमै बसेर कृषि र व्यवसायमा लाग्नुपर्छ । आर्थिक समृद्धिका लागि सहयोग गर्नुपर्छ । यस्ता खाले व्यवसायले अन्य युवालाई पनि प्रेरणा मिल्छ ।’

मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर विश्वकर्मा, वडा नम्बर ८ का अध्यक्ष हिरादेवी घले, ७ का अध्यक्ष युव घले, माथिल्लो मस्र्याङदी ‘ए’ सरोकार समितिका अध्यक्ष जितबहादुर गुरुङलगायतले युवालाई कृषि र पर्यटनको क्षेत्रमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: