ताजा खबर

पत्रकार शिव शर्मा नेजा पुरस्कारबाट सम्मानित

   २३ बैशाख २०७६, सोमबार ०८:३४      2,276 views

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गर्दै आएको यस वर्षको नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव शर्मालाई प्रदान गरिएको छ । नेजाको अमेरिकामा सम्पन्न १३ आंै साधारण सभा अवसरमा अग्रज पत्रकार किशोर नेपालले शर्मालाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी एक हजार एक सय ११ डलर र प्रमाणपत्र रहेको छ ।

शर्माले लेखेको ‘अमेरिकाको ग्यास स्टोरमा जोखिम ः बन्दुकको निशानामा नेपाली’ शीर्षकको फिचर समाचारले सर्वोत्कृष्ट हुँदै पुरस्कार जितेको हो । दर्जनांै प्रतिस्पर्धीमा उनको उक्त रिपोर्टिङले यस वर्षको नेजा पुरस्कार पाएको होे ।

किरण मरहठ्ठा, होम लम्साल र ज्योति देवकोटाले छनौट समितिले शर्माको समाचारलाई उत्कृष्ट ठह¥याएको जनाइएको छ । अमेरिकाको टेक्सासमा बसेर पत्रकारिता गर्दै आएका शर्मा पोखरामा रहँदा समेत कान्तिपुर पब्लिकेशनसँग आवद्ध थिए ।


अहिले पनि स्वतन्त्र पत्रकारिता गर्दै आएका शर्माको युएसनेपालपोष्ट नामक अनलाइनपोर्टल समेत संचालन तयारीमा छ । चलचित्र पत्रकार संघ कास्कीका पूर्व अध्यक्ष शर्माको स्थायी घर तनहुँ जिल्लाको राइपुर हो । उनले यसअघि पनि विभिन्न विधामा राष्ट्रिय–अन्तर्राष्ट्रिय अवार्ड तथा पुरस्कार प्राप्त गरेका छन् ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: