
रुसी विमानमा आगो लाग्दा कम्तीमा ४१ जनाको मृत्यु
मस्को, रुसको मस्कोमा एउटा रुसी विमानमा अवतरणका क्रममा आगो लाग्दा कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।

मस्कोस्थित विमानस्थलबाट मरमास्क सहरका लागि उडेको सुखोइ सुपरजेट–१०० विमानमा प्राविधिक समस्या आएपछि आपतकालीन अवतरण गराएको थियो । चालक दलका पाँच सदस्यसहित ७८ जना यात्रु बोकेको विमान आपतकालीन अवतरण गराइएपछि ३७ जना बाँच्न सफल भएका छन् ।
आगलागी कसरी भयो भन्ने प्रष्ट हुन सकेको छैन । स्रोतका अनुसार उडान भरेको केही बेरमै विमानमा धुँवा निस्किएको थियो । लगत्तै आपतकालीन अवतरण गराए पनि आगो फैलिएका कारण ४१ यात्रुको मृत्यु भएको बताइएको छ ।
रुसी सरकारी विमान कम्पनी एरोफ्लोटले प्राविधिक कारणले विमानमा खराबी आएपछि आकस्मिक अवतरण गराइएको जनाएको छ । कम्पनीले घटनाको विस्तृत जानकारी दिएको छैन ।
समाचार संस्था इन्टरफ्याक्सले विमानस्थलबाट उडेको केहीबरेमै चालक दलका सदस्यले आपतकालीन संकेत जारी गरेको जनाएको छ । सामाजिक सञ्जालहरुमा राखिएका भिडियोमा आगो लागेको जहाजको आपत्कालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिएको छ ।
जारी भिडियोमा अवतरण गर्दै गर्दा विमानको पछिल्लो भाग आगोको मुस्लोले ढाकेको देखिन्छ ।
रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुई जना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन् । स्वास्थ्य मन्त्रालयले ५ जना अस्पतालमा भर्ना गरिएको र ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
७८ जना यात्रु रहेको जेट विमानबाट मानिसहरू निस्किएर भाग्न सक्नु ‘चमत्कार’ भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । (एजेन्सी)
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38