ताजा खबर

अब पोखरादेखि सिमरासम्म सिधा हवाई उडान हुने

   २३ बैशाख २०७६, सोमबार १०:३६      1,945 views

बाराको सिमरादेखि कास्कीको पोखरासम्म सिधा हवाई सम्पर्क हुने भएपछि स्थानीय र व्यवसायी उत्साहित भएका छन् ।

गण्डकी प्रदेश सरकारले पोखरालाई अन्य ६ प्रदेशसँग सिधा हवाई सम्पर्कबाट जोड्ने योजनाअन्तर्गत पहिलो चरणमा पोखरा–सिमरा हवाई सेवा सुरु गर्न लागेपछि स्थानियहरु उत्साहित बनेका हुन् ।

गत पुष महिनामै सरोकारवालाबीच सिमरा–पोखरा हवाई उडानको सम्भावनाबारे भएको निर्णयअनुसार यही महिनाको अन्त्यबाट उडान थालिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्रसिद्ध पर्यटकीय नगरी पोखरासँग सिधा सम्पर्क भएपछि भारतीय पर्यटकको आवागमनमा वृद्धि हुने निश्चित ठानेर पर्यटन तथा होटल व्यवसायी अझ बढी उत्साहित बनेका छन् । जसले बाराको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने आँकलन गरिएको छ ।

गढिमाई मंदिर, पर्सा निकुन्ज, सिम्रौनागढ क्षेत्र, पथलैया वीरगञ्ज औद्योगिक करिडोर हवाई सेवाको प्रत्यक्ष लाभमा पर्ने देखिन्छ । जीतपुर सिमरा उपमहानगरपालिका बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने पोखरासँगको हवाइ सम्र्ककले बाराका निकुन्ज धार्मिक तथा औद्योगिक पर्यटन प्रवर्द्धन हुने बताउँछन् ।

यस रुटमा यात्रुको अभाव नरहने पनि नागरिक उड््डययन मन्त्रालयको ठहर छ । तत्कालीन पर्यटनमन्त्रीको निधन भएका कारण पनि उडान लम्बिएको हो । नागरिक उड्डयन प्राधिकरणका सिमराका प्रमुख हिराजन काफ्लेले सबै यात्रुको समयको सदुपयोग हुने भन्दै उद्योग व्यापारीहरु रिफ्रेस हुन र भारतीय पर्यटकहरु पोखरा हँुदै मुक्तिनाथसम्मको यात्रा गर्न सक्ने धारणा राख्छन् ।

पोखराबाट सिमरासम्म हवाई रुटको कुनै समस्या नभएको र निजी हवाई कम्पनीहरुले उडानका विषय चासो राख्दै अन्तिम गृहकार्यमा पुगेको जनाईएको छ । पोखरालाई अन्य प्रदेशसँग हवाई सम्पर्क जोड्ने योजना अन्तर्गत सबैभन्दा पहिले सिमरा–पोखरा उडान हुन लागेको हो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: