ताजा खबर

आज अक्षय तृतीया, जप, तप, हवन, दान गरी मनाइँदै

   २४ बैशाख २०७६, मंगलवार ०८:५२      2,236 views

आज अक्षय तृतीया । वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ ।

यस दिन जौको सातु र खुदो तथा महको सर्वत खाने चलन छ । यसो गर्नाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ ।

आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । यस्तै बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि छ । आज गरिएका सबै सत्कर्मको अक्षय पूण्य प्राप्त हुने विश्वास गरिन्छ ।

वर्ष भरीको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई बिघ्नविनाशक दिन पनि भनिन्छ । त्यस्तै चार धाममध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन खोल्ने गरिन्छ । महर्षि बेद व्यासले समेत अक्षय तृतीयाकै दिन महाभारतको रचना गरेको मानिन्छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: