ताजा खबर

दलाल पुँजीवादको अन्त्य नभएसम्म समाजवाद असम्भव ः सांसद् सागर

   २६ बैशाख २०७६, बिहीबार ०९:१०      2,024 views

गण्डकी प्रदेशका सांसद् चन्द्रबहादुर बुढा “सागर”ले दलाल पुँजीवादको अन्त्य नभएसम्म समाजवाद प्राप्ति असम्भव रहेको बताउनुभएको छ ।

नेपाल मगर विद्यार्थी संघ, जिल्ला समिति, कास्की र पृथ्वीनारायण क्याम्पस समिति, पोखराले बुधबार आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै सांसद् सागरले समाजवाद प्राप्तिको दिशामा अघि बढ्न दलाल पुँजीवादले अवरोध खडा गरेको बताउनुभयो । आर्थिक समृद्धिमार्फत् समाजवादको आधार तयार पार्न वर्तमान सरकार लागिपरेको भन्दै उहाँले समृद्धिका लागि युवा, विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भनाइ राख्नुभयो ।


अहिले परिस्थिति फेरिएको भन्दै सांसद् सागरले नयाँ ढंगले अधिकारप्राप्तिको आन्दोलन अघि बढाउनुपर्नेमा जोड दिनुभयो । जातीय मुद्दा मात्र नभइ शैक्षिक मुद्दालाई अघि बढाउन मगर विद्यार्थीलाई आग्रह गर्दै उहाँले संविधानले धेरै कुरा सम्बोधन गरेको र नसमेटिएका कुरा समेट्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय प्रचार सचिव एवं युवा व्यवसायी फरेन्द्र थापामगरले राजनीति र समाजसेवासँगै उत्पादनमा पनि जोडिनुपर्ने बेला आएको बताउनुभयो । आफ्ना मुद्दालाई अघि बढाउन एकताबद्ध प्रयास आवश्यक रहेको भन्दै उहाँले मगर समुदायमा शैक्षिक जागरण फैलाउन मगर विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।


प्रशिक्षण कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार लोकबहादुर थापामगरले मगर जाति, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरले नेतृत्व विकास र नेपाल मगर विद्यार्थी संघका केन्द्रीय महासचिव प्रेम रोकामगरले सांगठनिक विकाससम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।


नेपाल मगर विद्यार्थी संघ, कास्कीका अध्यक्ष राजीव थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव लक्ष्मी पुनमगर र पृथ्वीनारायण क्याम्पस समितिकी सचिव कृष्टि आलेमगर एवं पृथ्वीनारायण क्याम्पस समितिकी अध्यक्ष सोनम थापामगरले स्वागत गर्नुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: