
जेठ १ गतेबाट मादी गाउँपालिका याङजाकोटमा बुद्ध जयन्ती मेला आयोजना हुने
कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङजाकोटमा यहि जेठ १ गतेबाट २५६३औं बुद्ध जयन्ती मेला आयोजना हुने भएको छ ।

स्थानिय याङजाकोट मिलन युवा क्लबको आयोजनामा सञ्चालन हुने मेला जेठ ४ गतेसम्म जारी रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।
जेठ १ गते दिउँसो मेलाको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मेलामा गाउँपालिका स्तरीय भलिबल, बास्केटबल, खुल्ला ठेलो हान्ने प्रतियोगिता, गाउँ स्तरीय सामुहिक नृत्य प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिने भएको छ भने प्रत्येक दिन ख्याती प्राप्त कलाकारहरुको बेजोड साँस्कृति प्रस्तुति रहने मिलन युवा क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिनुभयो ।

मेलामा सञ्चालन गरिने भलिबल र बास्केटबल प्रतियोगितामा प्रथम हु टिमलाई नगद ५५ हजार ५ सय ५५ र द्धितिय हुने टिमलाई ३३ हजार ३ सय ३३ शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
यस्तै सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुने टिमलाई ४० हजार द्धितिय हुने टिमलाई ३० हजार र तृतिय हुने टिमलाई नगद २० हजार शिल्ड र प्रमाण पत्र प्रदान गरिने भएको छ । यस्तै ठेलो हान्ने प्रतियोगिताको बिजेतालाई नगद १० हजार सहित बाजागाजाले सम्मान गरि गाउँ परिक्रमा गरिने भएको छ ।

गाउँमा भएको परम्परा र संस्कृतिको निरन्तरता दिने, गाउँमा रहेको प्राकृतिक साँस्कृतिक र पर्यटकिय दृष्टिले महत्वपूर्ण स्थानको बारेमा प्रचारप्रसार गर्ने तथा होमस्टेको विकाससँगै स्थानियलाई आत्मनिर्भर बन्ने वातावरण सृजना गर्ने उद्देश्यले मेला आयोजना गरिएको मिलन युवा क्लबका संस्थापक अध्यक्ष देवीजंग गुरुङले जानकारी दिनुभयो ।

पोखराबाट १९ किलोमिटरको दुरीमा रहेको याङजाकोट गाउँ समुन्द्री सतहबाट १ हजार ४ सय ५० को उचाईमा रहेको छ । २ सय भन्दा बढी घरधुरी रहेको यस गाउँमा ९० प्रतिशत गुरुङ जाति र बाँकी १० प्रतिशत दलित, क्षेत्री र तामाङ जातिको बसोबास रहेको छ ।
मिलन युवा क्लबका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव योगेन्द्र गुरुङले गर्नुभएको थियो भने कार्यक्रममा क्लबका संरक्षक सल्लाहकार टिका गुरुङ, पूर्व अध्यक्ष बलबहादुर गुरुङ तथा वडा सदस्य लोकबहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38