ताजा खबर

स्याङजाको माझकोटमा तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

   २ जेष्ठ २०७६, बिहीबार १०:४३      2,828 views

स्याङजाको वालिङ नगरपालिका वडा नं ३ माझकोटमा तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

वडा नं. ३ को कार्यालयले आयोजना गरेको तालिममा वडाभित्रका माझकोट, राम्चे, बुढाकोट, सिङगारकोट लगायतका गाउँबाट ३० जना युवा युवतीहरु सहभागि भएका थिए । युवा वर्ग लक्षित आय मुलक उद्घोषण तालिमको समापन कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका उपमेयर कल्पना तिवारीले महिला र पुरुषमा कुनै पनि क्षमताको भिन्नता नरहेको भन्दै अवसर पाएमा जसले पनि प्रगति गर्न सक्ने बताउनुभयो । मान्छे जहिले पनि महान विचार र उच्च लक्ष्यका साथ अघि बढेमा जुनसुकै काममा सफलता हाँसिल हुने उहाँको भनाई छ ।

अब आउने दिनमा महिलाहरु पनि वडा अध्यक्ष र मेयर बन्नका लागि तयार रहनुपर्ने भन्दै उहाँले महिलाहरुलाई अहिलेदेखि नै आफनो व्यक्तित्व र नेतृत्वमा निखार ल्याउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा वालिङ नगरपालिका कार्यपालिका सदस्य गीता रानपाल, नेकपाका वडा अध्यक्ष थमन गुरुङ, तालिम संयोजक कौबहादुर गुरुङ, प्रशिक्षक रोशनी गुरुङ लगायतले बोल्नुभएको थियो ।

तालिम समापन गर्दै वडा अध्यक्ष सुकराज गुरुङले युवाहरुको बोल्ने बानीको विकास होस भन्ने उद्देश्यले पहिलो पटक वडाले युवाहरुलाई लक्षित गर्दै उद्घोषण तालिम सञ्चालन गरेको भन्दै आउने दिनमा युवाहरुको माग र चासो बढेमा यसप्रकारको तालिमलाई निरन्तरता दिइरहने बताउनुभयो ।

तालिममा मादी न्युज डटकम तथा तमू संसार पत्रिकाका सम्पादक रोशनी गुरुङले सहजीकरण गर्नुभएको थियो भने तालिमका प्रशिक्षार्थी यन्सरी गुरुङले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: