ताजा खबर

मादी गाउँपालिकाको स्थायी केन्द्र याङ्जाकोट देउरालीमा रहने पक्का

   २ जेष्ठ २०७६, बिहीबार २२:३५      2,896 views

मादी गाउँपालिकाको कार्यपालिकाको बैठकले लामो समयदेखि नटुङ्गीएको गाउँपालिकाको केन्द्र सर्वसम्मत रुपमा मादी ३ याङ्जाकोटको देउराली रहने निर्णय गरेको छ ।

गत वैशाख ३० र ३१ गते गाउँपालिकाको अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) को अध्यक्षतामा सम्पन्न कार्यपालिकाको ३२औं बैठकले उक्त निर्णय गरेको हो । यस अगाडि गाउँपालिकाको केन्द्रको लागि गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठित समितिले प्राविधिक सहित उपयुक्त जग्गा छनोटको लागि गाउँपालिकाको याङ्जाकोट आसपास देउराली, कुले डाँडा, माझाडिही, तारकाङ, साझा भवन काँढे भत्केम्ले, भैंसे लगायतको स्थलको निरीक्षण गरेको थियो ।


यस अगाडिको वर्षे गाउँसभामा गाउँपालिकाको केन्द्रबारे राजनीतिक सहमति नहँुदा प्रस्ताप फिर्ता लिएको थियो भने हिउँदे गाउँसभाले जग्गा प्राप्ति हुन आएमा कार्यपालिकाले निर्णय गर्न अधिकार दिएको थियो ।


मादी गाउँपालिकाको केन्द्र स्थानीय तह गठनसँगै थुमाकोडाँडा तोकिएपछि साबिको गाविस कार्यालय याङ्जाकोटमा तोकिएकोमा गाउँपालिकाको ३२औं बैठकले अनिर्णयको बन्दिबाट मुक्त गरेपछि गाउँपालिकाको प्रशासनिक भवन लगायत अन्य संरचना निर्माणको लागि मार्ग प्रसस्त भएको छ ।


अहिले तत्काल देउराली, साउनेपानी लगायतको क्षेत्रको व्यक्तिको पुर्जाभित्र रहेको ५१ रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क प्राप्त हुने र आवश्यक परे थप जग्गा पुनः थप हुने भएको छ । मादी ३ का वडा अध्यक्ष मनबहादुर गुरुङ, समाजसेवीहरु जेमप्रसाद गुरुङ, मिनबहादुर गुरुङ, बेलबहादुर गुरुङ, वडा सदस्यरु, टोल संयोजकहरु, मिलन युबा क्लव, आमा समुह लगायतको पहलमा जग्गा व्यवस्थापन हन सफल भएको हो ।


त्यसैगरि बैठकले एकिकृत बस्ती विकास कार्यविधि २०७६ पास गरको छ । त्यसै गरि जग्गा चक्ला बन्दी कार्यविधि समेत पास गरेको छ जस अनुसार एक भन्दा बढी कित्ता जग्गा १० रोपनीदेखि क्षेत्रफल हेरी खेती कार्यकालागि चक्लाउन चाहेमा २ देखि २० लाख सम्म अनुदान कृषकले पाउने व्यबस्था सहितको निर्णय गरेको छ । त्यसैगरि बहु चर्चित रहेको अध्यक्षसँग युवा स्वरोजगार अनुदानको लागि ९६ जना युवाहरुलाई प्रस्ताव हेरि उत्पादनको लागि जनही ५० हजार प्रदान गर्ने निर्णय अनुमोदन गरेको छ। त्यसैगरि विशेष कृषि र पशुपालन अनुदानमा २० जना कृषकलाई जनही २ लाख अनुदान पाउने गरि छनोट भएका छन् ।

उक्त योजना पुनः नयाँ आर्थिक वर्षमा पनि लागु गरि कम्तिमा एक घर एक स्वरोजगार बनाउने लक्ष्य रहेको हुँदा यसलाई सफल बनाउन बैठकमा अध्यक्ष वेदबहादुर गुरुङले आग्रह गर्नुभएको थियो । त्यसैगरि बैठकले वडा कार्यालय निर्माणको लागि वडा नं ४, ५, ७,८, ९ र १२ को प्रकृया अगाडी वढाउने र यही २०७६ सालभित्र सम्पन्न गराउने निर्णय गरेको छ। प्रदेश सरकारले गाउँपालिकाभित्र होम स्टे अनुदानको लागि १०, १० लाख स्वीकृत गरेका चिप्ली, सिक्लेस, ताङतिङ, याङ्जाकोट, वार्चोक लगायतको होमस्टेहरुमा गाउँपालिकाबाट पनि सह लगानी साझेदारी गर्ने निर्णय गरेको छ ।


साथै बैठकले गाउँपालिकाभित्रका रिक्त ४४ जना शिक्षक दरबन्दीको विज्ञापन भएको र तत्काल परिक्षा लिई पदपुर्ती गर्ने निर्णय गरेको छ । स्थानिय पाठ्यक्रमको निर्माण अन्तिम चरणमा पुगेको हुँदा चाँडै लागु गर्ने, भुकम्पको गुनासो र निर्माण प्रगति कार्य, प्रधानमन्त्री रोजगार कार्यक्रमबारे जानकारी लिने कार्य, मादीलाई पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा लगातको महत्वपुर्ण निर्णयहरु गरिएको मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: