
मादी १ खिलाङमा युवा जागरण तथा चेतना मुलक कार्यक्रम सम्पन्न
कास्कीको मादी गाउँपालिका १ खिलाङमा स्थानीय थन्कु देउराली युवा क्लबको आयोजनामा एकदिने युवा जागरण तथा चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

मादी गाउँपालिकाको प्रायोजनमा भएको कार्यक्रममा खिलाङ गाउँका ४० जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई युवा जनशक्तिको महत्व, युवाहरुको नेतृत्व विकास तथा युवाहरुको समस्य र अवसरहरुको बारेमा प्रशिक्षण दिईएको थियो ।

कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि मादी १ का वडा सदस्य तथा खिलाङ गाउँका युवा समाजसेवी टिकाराम गुरुङले युवाहरुमा बेरोजगारको समस्य बढदै गएको तथा उनीहरुलाई नैतिक अनुसाशन सिकाउनका निम्ति तालिम आयोजना गरिएको भन्दै आयोजक थन्कु देउराली युवा क्लबलाई धन्यवाद दिनुभयो ।

आउने दिनमा युवा क्लबले यस्तै रचनात्मक कार्यक्रमको आयोजना गर्दै गएमा वडा तथा गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्दै जाने उहाँको भनाई छ ।
कार्यक्रममा स्थानापति नि.मा.वि.का प्रधानाध्यापक यमबहादुर गुरुङ, थन्कु देउराली आमा समुहका अध्यक्ष सुकनादेवि गुरुङ, स्थानापति निमावि व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर गुरुङ, खिलाङ पोखरा युवा समितिका अध्यक्ष झलक गुरुङ, विभिन्न टोल सुधार समितिका संयोजकहरु लगायतले कार्यक्रमको बारेमा आफनो भनाई राख्नु भएको थियो ।

खिलाङ गाउँका समाजसेवी रनध्वोज गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रम थन्कु देउराली युवा क्लबका सल्लाहकार कृष्णप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मादी न्युज डटकम तथा तमू संसार पत्रिकाका सम्पादक रोशनी गुरुङले सहजीकरण गर्नुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38