ताजा खबर

असार १० र ११ गते पोखरा टुडींखेल मैदानमा प्रदेश स्तरिय ठेलो प्रतियोगिता हुने

   ८ जेष्ठ २०७६, बुधबार ०९:३४      2,452 views

अन्तर्राष्ट्रिय ओलोम्पिक दिवसका अबसरमा पोखरामा परम्परागत ठेलो खेलको गण्डकी प्रदेश स्तरिय प्रतियोगिता हुने भएको छ । गाउँघरका विभिन्न चाड पर्व विशेष र मेलाहरुमा आयोजना हुने ठेलो प्रतियोगिता पहिलो पटक प्रदेश स्तरिय हुन लागेको हो ।

ठेलो गण्डकी प्रदेशको परम्परागत खेल हो भने परापूर्व काल देखि खेलिदैं आइएको छ । त्यही ठेलो खेललाई अब साझा खेलको रुपमा भूतपूर्व खेलाडी मंच नेपालले आयोजन ागर्न लागेको हो । मंचको आयोजनामा हुने प्रतियोगितालाई गण्डकी प्रदेश सरकारले सहयोगीको भूमिका निर्वाह गर्ने छ । त्यसै गरि नेपाल ओलोम्पिक कमिटीले प्रवद्र्धन गर्ने भएको मंचले जनाएको हो । प्रतियोगिता आगामी जुन २५ र २६ अर्थात असारको १० र ११ गते पोखराको टुडींखेल मैदानमा हुने भएको मंचले जनाएको छ ।

प्रतियोगितालाई भब्यताका साथ सम्पन्न गर्न मंचका महासचिब खेम बहादुर गुरुङको संयोजकत्वमा ७ सदस्यिय उपसमिती गठन गरिएको छ । गठित निर्णय मस्यौदाको संयोजकमा तेज गुरुङ र सदस्यमा कृष्ण तिमिल्सिना, प्राविधिक समिति संयोजकमा खड्ग रानाभाट र सदस्यमा विश्व तण्डुकर र कृष्ण गुरुङ, प्रचार–प्रसार संयोजकमा केशव पाठक रहेका छन ।
त्यसै गरि मैदान व्यवस्थापनमा संयोजकमा दिल बहादुर गुरुङ र सदस्यमा तिलक के.सी., समारोह व्यवस्थापन संयोजकमा हरि प्रसाद पराजुली र सदस्यमा पुष्पा श्रेष्ठ, स्वयमसेवक व्यवस्थापन संयोजकमा जुम प्रसाद गुरुङ र सदस्यमा भरत आले रहेका छन ।


गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा समेत प्रवेश गराउन पहिलो पटक परम्परागत खेल ठेलो प्रतियोगिता हुन लागेको उप समिती संयोजक खेम बहादुर गुरुङले बताएका छन । महिला र पुरुष गरि गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडीहरु दुई दिन सम्म पोखराको टुडिखेल मैदानमा भिड्ने छन । कति खेलाडी सहभागिता हुने भन्ने बारे भन्ने अझै टुँगो नभएपनि उपसमितीको अर्को बैठकले खेलका निर्णयहरु सहित खेलाडीको टुँगो लगाउने संयोजक गुरुङले बताए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: