ताजा खबर

कंगो डुंगा दुर्घटना : कम्तीमा ३० जनाको ज्यान गयो, दुई सय बढी बेपत्ता

   १३ जेष्ठ २०७६, सोमबार २०:०६      2,231 views

 कंगोकाे मे-एनदोम्बे तालमा डुंगा दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ भने दुई सयभन्दा बढी बेपत्ता भएका छन् । 

डुंगा दुर्घटनामा हराइरहेका मानिसहरुको खोजी कार्य भैरहेको अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म ३० जनाको शव फेला परेकाे छ । ‘ज्यान गुमाउनेमा १२ जना महिला, ११ जना बालबालिका र सात जना पुरुष रहेका छन्,’ इनोंगो राज्यका मेयर साइमन वेम्बाले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन् ।  

दर्जनौं मानिसहरु हराइरहेका हुनोले ज्यान गुमाउनेको संख्या बढ्नसक्ने बताइएको छ । डुंगामा कति जना सवार थिए यो भने पत्ता लाग्न सकेको छैन किनकि डुंगामा कैयौं अवैध प्रवासीहरु पनि थिए । यद्दपि डुंगामा तीन सय ५० भन्दा बढी मानिसहरु रहेको हुनसक्ने एक अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीलाई बताए ।

गएको अप्रिलमा पनि दुई वटा छुट्टा छुट्टै डुंगा दुर्घटनामा एक सय ६० भन्दा बढीले ज्यान गुमाएका थिए ।  

कंगोमा यस्तो दुर्घटना भने नौलो होइन । डुंगामा क्षमताभन्दा यात्रुका कारण बर्सेनि धेरै मानिसहरुले ज्यान गुमाउने गरेका छन् । 

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: