ताजा खबर

अनुपम म्युजिक अवार्ड पुरुषोत्तम न्यौपाने र समाजसेवा अवार्ड विश्वमोहन गौचनलाई

   १६ जेष्ठ २०७६, बिहीबार १७:२३      2,063 views

अनुपम म्युजिक पोखराले अनुपम म्युजिक अवार्ड २०७६ लोकगायक पुरुषोत्तम न्यौपानेलाई प्रदान गरिने भएको छ । सम्मानपत्र, दोसल्ला र नगदसहित प्रदान गरिने अवार्ड गायक न्यौपानेले नेपाली लोकगीतको उत्थानमा महŒवपूर्ण योगदान गरेको भन्दै अवार्ड प्रदान गर्न लागिएको हो । न्यौपानको स्वरमा १ हजारभन्दा बढी गीत रेकर्ड भएका छन् । यस्तै यस वर्षको तीर्थहरि समाजसेवा अवार्ड समाजसेवी विश्वमोहन गौचनलाई प्रदान गरिने भएको छ ।

एड्स रोग नियन्त्रण सङ्घ, कास्कीलगायत दर्जनौँ सामाजिक संस्थामा रहेर समाजसेवाका क्षेत्रमा गौचनले पु¥याएका योगदानको कदर गर्दै उक्त नगदसहितको अवार्ड प्रदान गरिने बताइएको छ ।
यसै गरी, अनुपम सङ्गीत सम्मान गीतकार सुमन श्रापित र सङ्गीतकार डेनी निरौलालाई प्रदान गरिने भएको छ । पोखरामा रहेर २ दशकदेखि गीत लेखनमा लागेका श्रापितका १५० भन्दा बढी गीत रेकर्ड भएका छन् भने आधा दर्जन एल्बम र ‘भावनाको खेती’ नामक गीत सङ्ग्रह प्रकाशित छन् । निरौलाको सङ्गीतमा ३ सयभन्दा बढी गीत रेकर्ड भएका छन् ।

अवार्ड तथा सम्मानहरु पत्रकार तथा लेखक बद्रिविनोद प्रतीकको संयोजकत्वमा समाजसेवी वीरेन्द्र पालिखे, गायक÷सङ्गीतकार रामभक्त जोजिजू, गीतकार रेशम रचक, प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावीसदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा प्रदान गरिने भएको हो ।


सबै अवार्ड तथा सम्मान आगामी जेठ २५ गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको हलमा हुने छैटौँ अनुपम साङ्गीतिक साँझका अवसरमा प्रदान गरिने आयोजक मूल समितिका संयोजक अनुराग अधिकारीले बताए । सो कार्यक्रममा दार्जिलिङ, काठमाडौँ र पोखराका कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने उनले जानकारी दिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: