ताजा खबर

रेवानको दुई दिने बार टेण्टर तालिम सम्पन्न

   १६ जेष्ठ २०७६, बिहीबार १७:४५      1,982 views

रेष्टुरेण्ट एण्ड बार एशोसियएन अफ नेपाल (रेवान) पोखराको आयोजनामा बार टेण्टर सम्बन्धि दुई दिने तालिमा बिहिबार सम्पन्न भएको छ । तालिमका सहभागिहरुलाई रेवान पोखराका सल्लाहकार समेत रहेका अग्रज पर्यटन व्यवसायि गणेशबहादुर भट्टराईले एक समारोहका विच प्रमाण–पत्र प्रदान गरे ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी गरिहरेको सन्दर्भमा नेपालमा दक्ष जनशक्तिको खाँचो रहेको औल्याए । पोखरा आउने स्वदेशी तथा विदेशी पाहुनालाई उनीहरुले खोजे जस्तै स्वाद र आतिथ्यता प्रदान गरि उनीहरुलाई खुसि बनाउन दक्ष जनशक्तिको खाँचो पर्ने उनको भनाई थियो ।

तालिमका संयोजक रेवान पोखराका कार्यवाहक अध्यक्ष लक्ष्मण बरालले रेवानले आफु मातहतका रेष्टुरेण्टहरुको गुणस्तर बृद्धिका लागि हरेक वर्ष विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको जानकारी दिए । दुई दिने तालिममा कक्टेल एण्ट ड्रिम्स स्कुल अफ बार एण्ड म्यानेज्मेण्टका प्रमुख कार्यकारी निर्देशक राजकुमार डि.सि.ले सहजिकरण गरेका थिए ।

नेपाल पर्यटन बोर्डको सहयोगमा सम्पन्न तालिममा रेवान पोखरामा आवद्ध विभिन्न रेष्टुरेण्टमा कार्यरत ५० जनाको सहभागिता रहेको थियो । रेवान पोखराका निवर्तमान अध्यक्ष चौबहादुर गुरुङ्गले कार्यक्रम सञ्चालन तथा सदस्य बसन्त गौतमले स्वागत गरेका थिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: