ताजा खबर

पोखरामा स्काउट युवा सम्मेलन सुरु, एकता भाँड्ने शक्ति सक्रिय : प्रधानमन्त्री

   १८ जेष्ठ २०७६, शनिबार १८:२५      2,163 views

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि र विकास अबको आवश्यकता भएको बताएका छन् ।

नेपाल स्काउटको शनिबार पोखरामा सुरु भएको स्काउट युवा सम्मेलन (रोभर मुट)को उद्घाटन गर्दै उनले राजनीतिक अधिकारको आन्दोलन सम्पन्न भएकाले अबको यात्रा समृद्धि र विकासका लागि भएको बताए ।

देशको समग्र उन्नयनका लागि संकृणताबाटमाथि उठ्नु अपरिहार्य भएको बताउँदै उनले राष्ट्र निर्माणका लागि कर्तव्यनिष्ठ र जिम्मेवार युवाको आवश्यकता रहेको उल्लेख गरे ।

युवाहरूको दक्षता, क्षमता अभिवृद्धिका साथै उनीहरूलाई कर्तव्यनिष्ठ र जिम्मेवार बनाउने अभियान नै स्काउट रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले यो राष्ट्रियमात्र नभइ अन्तर्राष्ट्रियरुपमा चलेको अभियान भएको बताए ।

गौरवशाली पुर्खाको इतिहास र योगदानलाई अघि बढाएर तिनीहरूको संरक्षण गर्दै नयाँ निर्माणमा लाग्नुपर्ने आवश्यकता उनले औंल्याए ।

सभ्यता र संस्कृति जोगाउँदै समृद्धितर्फ देश अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

देशलाई अस्थीर बनाउन एकतालाई भाँड्ने शक्ति सक्रिय रहेको उल्लेख गर्दै उनले जातीय, क्षेत्रीय संकुचनबाट सकारात्मक सोचका साथ माथि उठ्नुपर्नेमा जोड दिए ।

स्काउटले युवामा सकारात्मक सोचका साथै उनीहरूका क्षमता, दक्षता अभिवृद्धि गराउन महत्वपूर्ण योगदान गर्दै आएको चर्चा गर्दै उनले राष्ट्र निर्माणमा अनुशासित र जिम्मेवार युवाको महत्वपूर्ण भूमिका हुने बताए ।

युवा तथा खेलकुदमन्त्री एवं प्रथम स्काउट जगतबहादुर विश्वकर्माले युवालाई सकारात्मकमार्गमा अघि बढाउन स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

उनले ज्ञान, खेललगायतका अनेक क्षेत्रमा युवालाई सक्रिय गराउँदै स्काउटले उनीहरूलाई अनुशासित, कर्तव्यनिष्ठ बनाउन विशेष योगदान गरेको स्मरण गरे ।

युवा वर्गबाट देशले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले युवामा राष्ट्रिय भावनाको विकास गराउँदै राष्ट्र निर्माण अभियानमा सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए ।

गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवाहरूको यो सम्मेलनले युवाबीच अनुभव आदान–प्रदानका साथै सिर्जनात्मकताको विकासमा विशेष सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरे ।

सम्मेलनमा १६ देखि २५ वर्ष उमेरका युवा स्काउटको सहभागिता छ । नेपालसहित १४ देशका लगभग पाँच हजार स्काउट युवा सहभागी छन् ।

स्काउटका माध्यमबाट विभिन्न जाति, भाषा, धर्म, संस्कृति र भूगोलका युवायुवती एउटा नारा र उद्देश्यसाथ एकै स्थानमा सहभागी रहेको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए ।

सम्मेलनबाट उनीहरूबीच सांस्कृतिक आदान–प्रदान, भ्रातृत्व र भगिनित्व विकासमा योगदान पुग्ने विश्वास लिइएको छ । उक्त अवसरमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत् गरिएको थियो । रासस

0 0 votes
Article Rating

आजको खबर

पोखरासंविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: