ताजा खबर

बाग्लुङमा तमानखोला गाउँपालिकाले सोलेडाँडालाई आकर्षक गन्तव्य बनाउने

   १८ जेष्ठ २०७६, शनिबार १८:३७      2,483 views

बाग्लुङ । बाग्लुङको तमानखोला गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण गर्न थालेको छ ।

चालू आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको ५ लाख रुपैयाँ र स्थानीय जनश्रमदानमा शौचालय र खानेपानीको धारो निर्माण गरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए ।

सोलेडाँडा घुम्न तथा वनभोज आउने पर्यटकलाई सहज पुर्‍याउन र पर्यटकलाई आकर्षित गर्न पूर्वाधार निर्माणलाई अगाडि बढाएको उनको भनाइ छ ।

सोलेडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विभिन्न योजना बनाउने योजना गाउँपालिकाको छ । सोले डाँडाबाट धौलागिरी, अन्नपूर्ण, दूरलेकलगायत थुप्रै हिमश्रृखला अवलोकन गर्न सकिन्छ ।

यस्तै बाग्लुङका उच्च पहाडी क्षेत्र र म्याग्दीका अधिकांश मनमोहक दृश्य पनि यो स्थानमा सहजै अवलोकन गर्न सकिन्छ । पछिल्लो समय आन्तरिक पर्यटक बढ्न थालेको तमानखोला गाउँपालिकाले जनाएको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: