
देशभर प्रिमनसुन सक्रिय, हावाहुरीसहित पानी पर्ने सम्भावना
उपत्यकासहित देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भैरहेको छ । बिहान आकाशमा डम्म बादल लाग्ने, बेला बेलामा घाम लाग्ने र दिउँसोतिर असिनासहित पानी आउने गरेको छ ।

अहिले प्रिमनसुन (मनसुन सुरु हुनुभन्दा पहिले)को समय भएकाले यस्तो मौसमी गतिविधि भैरहेको र प्रिमनसुनी समयमा यस्तो गतिविधि सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभरको मौसम आइतबार पनि आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । आइतबार दिउँसोपछि काठमाण्डौसहित पूर्वी नेपालमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसमविद्हरुको पूर्वानुमान छ ।
भारतको झारखण्डमा विकशित भएको जलवाष्पयुक्त वायु पश्चिम नेपालबाट पूर्वतिर सर्दै गएकाले पूर्वी नेपालका धेरै ठाउँमा आइतबार हावाहुरी र ट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।
मौसमविद् श्रेष्ठका अनुसार भारतबाटै धुलो उडेर आउने भएकाले पश्चिम नेपालमा तुँवालो लाग्ने सम्भावना पनि रहेको छ । शनिबार पनि काठमाण्डौ उपत्यकामा सामान्य बदली रही अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा भएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38