
पोखरा भ्रमणबाट फर्केका गाउँले सवार जिप रसुवामा दुर्घटना, ३ को मृत्यु, ३ बेपत्ता
रसुवाको मैलुङ–स्याफ्रुबेसी सडकखण्डमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् ।

पोखरा भ्रमणमा गएर फर्किएका गाउँले सवार जीप रसुवामा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ३ जना बेपत्ता भएका छन् भने ५ जना घाइते भएका छन् ।
चालकसहित ११ जना यात्रु बोकेर वेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै गोल्जुङ हिँडेको बा १० च ५८२० नम्बरको जीप सोमबार साँझ कालिका गाउँपालिका र गोकाइकुण्ड गाउँपालिकाको सीमानामा पर्ने गुम्चेतमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङका ३२ वर्षीया साहिली घले, ३५ वर्षीया मेन्दु घले र ३२ वर्षीय नोर्बु तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, रसुवाले पुष्टि गरेको छ ।
दुर्घटनामा आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ कै ३ जना हराइरहेका छन् । पासाङ्दे घले, कामी याङ्जेन तामाङ र त्लेतङ घले हराएका हुन् । उनीहरुको नदीमा डुबेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यही आशंकामा प्रहरीले अहिले उनीहरुको खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।
दुर्घटनामा ५ जना घाइते भएका छन् । चालक निमा तामाङ, उनको छोरा र श्रीमती घाइते भएका छन् । घाइतेमध्ये निमा, जौरानी घले र फुर्वु योञ्जन तामाङको अवस्था गम्भीर छ । अन्य २ घाइतेको अवस्था भने सामान्य छ । प्रहरीका अनुसार, उनीहरुलाई नुवाकोटको त्रिशूली अस्पतालमा प्रारम्भिक उपचारपछि काठमाडौं पठाइएको छ ।
दुर्घटनाग्रस्त जिप सडकबाट १ सय मिटर तल नदीमा खसेर डुबेको छ । कच्ची र साँघुरो सडकका कारण जीप दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार, अहिले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38