ताजा खबर

अन्नपूर्ण मा.वि.सिक्लेसका विद्यार्थीहरुलाई २ लाख २६ हजार छात्रवृत्ति वितरण

   २१ जेष्ठ २०७६, मंगलवार ०९:५६      2,104 views

कास्कीको मादी गाउँपालिका वडा नं. १ सिक्लेसमा रहेको अन्नपूर्ण मा.वि.मा एक समारोहका बीच लाली गुराँस कोष छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमराज गुरुङको अध्यक्षतामा वितरण गरिएको छात्रवृत्ति कार्यक्रम वडा अध्यक्ष एवम कोष संयोजक सुरजकुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


कक्षा १० सम्मका प्रति विद्यार्थी जनही ५ हजार ४ सयका दरले जम्मा २८ जना र कक्षा ११ र १२ का प्रति विद्यार्थीलाई जनही १० हजार ८ सयका दरले जम्मा ७ जनालाई गरि वितरण गरिएको थियो ।
विद्यालयका प्रधानाध्या२ लाख २६ हजार ८ सय पक शेखरनाथ तिवारीले स्वागत मन्तव्य सहित लाली गुराँस कोष छात्रवृत्तिको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।


लाली गुराँस कोषले हालसम्म विद्यालयलाई एक करोड भन्दा बढी आर्थिक सहयोग गरिसकेको प्रमुख अतिथि सुरजकुमार गुरुङले बताउनुभयो । गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरिदैं आएको सो कोषबाट हालसम्म करिब ४ सय जना भन्दा बढी विद्यार्थीहरु लाभान्वित भईसकेका छन् ।

उक्त लाली गुराँस कोषलाई दिगो रूपमा संचालन गर्न भावी कोषको रूपमा करिब ११ लाख रुपैयाँ जगेडा कोषको रूपमा राखिएको छ । विद्यालयका शिक्षक गेहेन्द्र गुरुङले सो कार्यक्रमको संचालन गर्नुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: