ताजा खबर

आमा

   ४ पुष २०७५, बुधबार ०७:१२      3,675 views

जसु गुरुङ


म त तिमीलाई भेट्ने आशा मा
धेरै भौतारिए, कहि कतै भेटिन
हेरेँ,चारै तिर खोजेँ,अहँ ,देखिन

फेरि पनि
कतै जलपरि झै,
तालको बिचबाट निस्कन्छ्यौ कि झै लाग्यो
ताल मा हेरि टोलाए, तर अहँ ,देखिन

कतै चलचित्रकै नायिका झै
डाडाँडाडाँ पछ्येउरी उडाउदै भाग्छ्यौ झै लाग्यो
हावाको स्पर्शले झस्कायो, तर अहँ, देखिन

कतै न्यानो अङगालो झै
दुवै हात फिजाउदै आउछ्यौ कि झै लाग्यो
हात खाली नै बाधिए, तर अहँ, देखिन

कतै माछी झै
र्‍याफि्टङ गर्दै खोलिमा पौडिदै आउँछ्यौ झै लाग्यो
खोलीको वेगले छ्याप्यो ,तर अहँ ,देखिन

कतै फूलबारिमा माउ मौरीले झै
मेरो लागि आहार खोज्दै डुल्दैछ्यौ कि झै लाग्यो
काडै काँडा ले घोच्यो,तर अहँ,देखिन

कतै पर प्राकृतिक सुन्दर गाउँकि गोरि झै
छिटको गुन्यो चोलीमा पो सजिदै छ्यौ झै लाग्यो
बादल घुम्टो ओड्दै आयो,तर अहँ,देखिन

आमा
धेरै बेर खोजि हिडेँ
जताततै खोजि हिडेँ
खोज्दा – खोज्दा
मेरा यी गोडा गले
मेरा यी नयन थाके

चिच्याए ,
गला सुक्यो
पहिला संगै हिडेका
निन्द्रा देवि
अनि
भोक देबि सबैले
साथ छोड्न थाले

एक्लो भो दुनियाँ
एक्लो भो मन ,
एक्लोपनको साथमा
हिडेँ फेरि
तिम्रो न्यानो मायाको
अनि
साहराको खोजीमा
दौडिए म
धेरै धेरै नै दौडिए
अहँ,कहिँकतै देखिन
अहँ,कहिँकतै भेटिन

साच्चै,
आमा,म तिम्लाइ भेट्ने आशमा
धेरै भौतारिए, कहि- कतै भेटिन
हेरेँ,चारै तिर खोजेँ ,अहँ ,देखिन 

आजको खबर

तमु धि यूके का संस्थापक अध्यक्ष वरिष्ठ समाजसेवी मिनप्रसाद गुरुङकी धर्मपत्नी एवम् तमु धि युके आमा समुहकी अभिभावक चन्द्रमाया गुरुङको ४९ दिनको पुण्य तिथिको अवसरमा

अझै पढ्नुहोस्

तमू धीं नेपालका केन्द्रीय अध्यक्ष एवं आदिवासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशका प्रमुख हुमबहादुर गुरुङलाई मातृशोक परेको छ । कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक

अझै पढ्नुहोस्

तमू भाषका आदिकवि स्वर्गीय हर्कबहादुर गुरुङको नवनिर्मित शालिक अनावरण गरिएको छ । आदिकवि स्व. गुरुङको ८४ औं जन्म जयन्तीका दिन आईतबार उनकै गाउँ स्याङ्जा फेदिखोला

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
%d bloggers like this: