ताजा खबर

तेस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न, जसु गुरुङलाई उत्कृष्ट निर्देशकको उपाधी

   २७ जेष्ठ २०७६, सोमबार १२:४३      2,613 views

काठमाडौं: आदिवासी जनजाति चलचित्र महासंघद्वारा आयोजित तीन दिने “तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०७६” सम्पन्न भएको छ ।

महोत्सवको अन्तिम दिन चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । २० वटा चलचित्र मध्येबाट बिभिन्न उत्कृष्ट ८ बिधामा अवार्ड प्रदान गरिएको थियो । जसमा छोटो चलचित्रको विधाबाट ‘पुल्टी’ उत्कृष्ट घोषित भयो भने सुनुवार समुदायमा आधारित तयार पारिएको वृत्तचित्र ‘छेँगु’ उत्कृष्ट भयो ।

त्यस्तै अन्य विधामा चलचित्र ‘यारी’बाट युवराज राईले उत्कृष्ट छायाँकारको उपाधि हात पारे । उत्कृष्ट महिला कलाकारको उपाधि बिनिता थापामगरले हात पारिन् भने उत्कृष्ट पुरुष कलाकारमा बलबहादुर गुरुङले जिते । त्यसैगरी उत्कृष्ट निर्देशक विधामा जसु गुरुङले उपाधि हात पारे भने उत्कृष्ट चलचित्र ‘के'(च्याब्रुङ)ले उपाधि जित्न सफल भएको छ ।

त्यसैगरी पब्लिक च्वाईस अवार्ड विधामा चलचित्र “रिजेनासा”ले प्राप्त गरेको छ । सफल र उत्कृष्ट चलचित्रलाई प्रमुख अतिथि चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टराईले प्रदान गरेका थिए । उत्कृष्ट र उपाधि विजेता चलचित्रकर्मीलाई महासंघका अध्यक्ष अमृतबहादुर सुनुवार उपाध्यक्ष विकु थोकर र महासचिव पुर्खाजित राई लगायत उपस्थित अतिथिहरुले बधाई तथा शुभकामना दिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: