
मालीमा जातीय समूहले गरेको आक्रमणमा परी एक सय मानिसको मृत्यु
अफ्रिकी मुलुक मालीमा डोगोन जातीय समूहले गरेको आक्रमणमा करिब १ सय मानिसको मृत्यु भएको छ ।

सांगा शहरनजिकैको मोप्ती क्षेत्रस्थित सोबामी डामा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।
करिब ५० जनाको समूहमा मोटरसाइकल र पिकअप भ्यानमा आएका हतियारधारी समूहले गाउँमा आक्रमण गरेका हुन् ।
उनीहरु महिला र बालबालिकालाई समेत निशाना बनाएका थिए । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।
आक्रमणमा परेर मारिएका ९५ जनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन् ।
फेला पारिएका अधिकांश शव जलेको अवस्थामा भेटिएका थिए । आक्रमणमा परेका १९ जना अझै हराइरहेका छन् ।
उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही महिनायता मालीमा यस्तै खालका आक्रमणहरु हुने गरेका छन् ।
यस्ता आक्रमणमा केही जातीय समुदायको संलग्नता रहेको बताइएको छ । मालीको सरकारले शंकास्पद आतंककारीहरुले गाउँमा आक्रमण गरेको जनाएको छ ।(एजेन्सी)
आजको खबर
Follow Us

तमु प्ये ल्हु संघ कतारको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः चन्द्र ल्हेगे तमु निर्वाचित
७ आश्विन २०८०, आईतवार १५:३०
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38