
स्याङजामा पुल शिलान्यास गरेर फर्केको मन्त्रीको गाडी पुल नभएको ठाउँमा पल्टियो
स्याङ्जा – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा डुबेको छ ।

सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार गाडी खोलामा डुबेको हो । पुलको शिलान्यास गरेर फर्केको मन्त्रीको गाडी खोलामा पुल नभएकैले फसेको हो ।
बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबे पनि सुरक्षाकर्मीको सहयोगमा मन्त्री महासेठलाई बाहिर निकालिएको थियो । खोला तर्ने क्रममा गाडी डुबे पनि मन्त्री भने सकुशल रहनु भएको छ । त्यस्तै खोलामा डुबेको सवारी साधन क्रेनको सहयोगमा बाहिर निकालिएको छ ।

खोला बढेसँगै बिग्रिएको बाटोलाई मर्मत गरिएको थियो तर मन्त्रीका सवारी चालकलाई ग्रामीण सडकको बारेमा राम्रो जानकारी नहुँदा दुर्घटना हुन पुगेको बताइएको छ ।
सरकारको अबको एजेण्डा विकास : मन्त्री महासेठ
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारको अबको एजेण्डा विकास भएको बताउनु भएको छ । अर्जुन चौपारी गाउँपालिका–३, को सहरे पुलको शिलान्यास गर्दै सोमबार मन्त्री महासेठले विकास निर्माणमा टुटेर नभई सबै जुट्नु पर्ने बताउनुभयो ।

सरकारले चुनावमा गरेका वाचालाई पूरा गर्न लागेको बताउँदै मन्त्री महासेठले सरकारले ल्याएको बजेटबाट नागरिकले राम्रोसँग जानकारी पाइसकेको बताउनुभयो ।
अहिलेको बजेटमा देशभरका ८० सडकलाई प्राथमिकतामा राखेको बताउँदै मन्त्री महासेठले स्याङ्जाको सेतिदोभान–घण्टे–पर्वत सडक र वालिङ–बारिकुना–चापाकोट–रामपुर सडक परेको बताउनुभयो ।
सरकारले स्याङ्जालाई विशेष ढंगले हेरेको बताउँदै मन्त्री महासेठले सिद्धार्थ राजमार्गलाई चार लेनको बनाउन लागेको बताउनुभयो । कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले पुललाई चाँडो निर्माण गरेर सुरु गर्न आग्रह गर्नुभयो ।
सडक सञ्जाल बनेमा आर्थिक बिकासमा टेवा पुग्ने बताउँदै मुख्य सचिव रेग्मीले आफू स्याङ्जाको भएकाले यहाँको विकासमा सधैँ सहयोग गर्ने बताउनुभयो । सडक डिभिजन कार्यालय पोखराले निर्माण गर्न लागेको पुल अर्जुन चौपारी–३ हँदै आँधीखोला–१ जोड्ने मार्ग हो ।
पुल तीन करोड सात लाख सात हजार ५ सय १० रुपैयाँमा निर्माण हुन लागेको हो । डेढ वर्षमा निर्माण सक्ने गरी जीएसआर निर्माण सेवा पोखराले काम थालेको डिभिजन प्रमुख हरिप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
आजको खबर

कास्कीको मादी गाउँपालिका वडा नं. १ खिलाङ निवासी खेलाडी टेकेन्द्र गुरुङले ५० वर्ष भन्दा मुनिको पुरुष तर्फको पवार लिफटिङ खेलमा ५६० केजी तौल उचालेर प्रथम…
अझै पढ्नुहोस्Follow Us

नेपाल पावर लिफटिङ प्रतियोगिताका बिजेता टेकेन्द्र गुरुङलाई खिलाङ तमू समाजको बधाई
७ बैशाख २०७८, मंगलवार १५:३४
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38