
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको १० औं स्थापना दिवस
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले आफ्नो १० औं स्थापना दिवस मनाएको छ । “स्वास्थ्य क्षेत्रको सरोकार ः सामजिक सुरक्षा र मर्या्दित रोजगार भन्ने उद्घोषका साथ १० बर्ष पहिले स्थापना भएको स्वास्थ्य क्षेत्रमा कार्यरत श्रमिकहरुको संगठन नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले बिहिबार मुलुकभर बिबिध कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।

यसैक्रममा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन गण्डकी प्रदेश कमिटीले पनि एक कार्यक्रम गरि १० औं स्थापना दिवस मनाएको छ ।कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रिय उपाध्यक्ष एवं गण्डकी प्रदेशका सांसद मिना गुरुङ्गले सामुहिक एकतामा बल हुने भन्दै आफ्ना हक र अधिकारको लागि एकताबद्द भएर अगाडि बढ्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई आग्रह गरिन् ।
उनले मजदुरका पक्षमा आफु सधै रहने बताउदै संसदमा पनि मजदुरका पक्षमा आवज बुलन्द पार्ने प्रतिबद्दता ब्यक्त गरिन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38