ताजा खबर

ओमानको खाडीमा तेल बोकेका दुई वटा ट्यांकरमा आक्रमण

   ३१ जेष्ठ २०७६, शुक्रबार ०८:४२      982 views

ओमानको खाडीमा तेल बोकेका दुई वटा ट्यांकरमा आक्रमण भएको छ । बिहीबार गन्तव्यतर्फ जाँदै गरेको अवस्थाममा दुई ट्यांकरमा विस्फोटक हमला भएको हो । 

आक्रमणको विषयलाई लिएर अमेरिका र इरानबीच आरोप प्रत्यारोपसमेत सुरु भएको छ । अमेरिकाले आक्रमणमा इरान जिम्मेवार भएको आरोप लगाएको छ । इरानले भने उक्त आरोप निराधार रहेको दावी गर्दै आएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ‘गल्फ अफ ओमान’ मा तेलका दुई ट्यांकरमा भएको आक्रमणमा इरान जिम्मेवार रहेको आरोप लगाए । तर इरानका एक उच्च अधिकारीले घटनामा आफूहरुको संलग्नता र सम्बन्धसमेत नरहेको दाबी गरेको बीबीसीले जनाएको छ ।

जापानको स्वामित्वको रहेको कोकुका करेजिएस र नर्वेजिन कम्पनीको फ्रन्ट अल्टाएयरमा बिस्फोट भएको हो । घटना लगत्तै ट्यांकरमा रहेको सदस्यहरुको उद्धार गरिएको थियो । इरान र अमेरिकाले दुवैले ट्यांकरका सदस्यहरुको उद्धार आफूहरुले गरेको दाबी गरेका छन् । कोकुकामा रहेका २१ र फ्रन्टमा रहेका २३ सदस्यको उद्धार गरिएको थियो ।

विश्वको सबैभन्दा ठूलो तेल मार्गमा एक महिनाभित्रै यो दोस्रो आक्रमण हो । यसअघि युएईका चार वटा ट्यांकरमाथि आक्रमण भएको थियो । अमेरिकाले त्यो बेला पनि इरानमाथि आरोप लगाएको थियो । तर त्यसलाई इरानले अस्वीकार गरेको थियो ।

बिहीबारको घटनापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढीले बढेको छ । (एजेन्सी)

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: