
केन्यामा महिला सांसदलाई थप्पड प्रहार गर्ने पुरुष सांसद गिरफ्तार
केन्यामा एक पुरुष सांसदले महिला सांसदमाथि थप्पड प्रहार गरेपछि गिरफ्तारमा भएका छन् ।

थप्पड प्रहार गर्ने सांसदको नाम राशिद कासिम हो भने थप्पड खाने महिला सांसदको नाम फातुमा गेडी हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार, राशिदले आफ्ना सहयोगी महिला सांसदले आफ्नो संसदीय क्षेत्रमा धनराशि नछुट्याएको भन्दै थप्पड प्रहार गरेका हुन् ।
थप्पड खाएपछि महिला सांसद फातुमा गेडीले सामाजिक सञ्जाल ट्विटरमा तस्बिर सेयर गरेकी छिन् । जुन तस्बिरमा उनी रोइरहेकी र मुखबाट रगत निक्लिएको पनि देख्न सकिन्छ ।
घटनापछि महिला संसादहरुले विरोध जनाउँदै बैठक छोडेर निस्किएका थिए, जहाँ पुरुष सांसदहरु उनको मजाक उडाइरहेका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, राशिद कासिमले महिला सांसद फातुमालाई संसद भवनको कार पार्किङमा थप्पड प्रहार गरेका थिए ।
थप्पड प्रहार गर्ने राशिदले महिला सांसदसँग आफ्नो संसदीय क्षेत्रमा बजेट किन नछुट्याएको भन्दै सोधिरहेका थिए । अभियुक्त सांसद राशिद कासिमले भने यो घटनामा कुनै प्रतिक्रिया दिएका छैनन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38