
प्रम केपी शर्मा ओलीले शामोनी हिमवत क्षेत्रमा केवलकार चढेर हिमाली पर्यटनको मज्जा लिए
फ्रान्स । लण्डनबाट रेल चढेर पेरिस पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार फ्रान्स, स्वीटजरल्याण्ड र इटालीको सीमानामा अवस्थित शामोनी हिमवत क्षेत्रमा केवलकार चढेर हिमाली पर्यटनको मज्जा लिए ।

प्रधानमन्त्री ओलीसहितको नेपाली टोलीले शामोनीमा रहेको उच्च प्रविधिको केबुलकार चढेर हिमाली पर्यटनको अवलोकन गरेको हो । शामोनी शहर फ्रान्स, इटाली र स्वीट्जरल्याण्डको सीमानामा पर्छ । साथै यो युरोपको सबैभन्दा ठूलो हिमालको फेदीमा पर्ने ठाउँ पनि हो ।
यसक्षेत्रमा स्की एवं हिउँमा गएर चिप्लेटी खेल्नका लागि पूर्वाधारहरुको विकास गरिएको छ । हिमाली क्षेत्रमा पर्यटकहरुलाई कसरी आकर्षण गर्न सकिन्छ भन्ने उदाहरण शामोनीमा देख्न सकिन्छ ।
फ्रान्स निवासी निर्मल अर्यालका अनुसार हिमाल आरोहणमा जाने नेपालका शेर्पाहरु यहाँ पुगेर स्की सिकेर नेपाल फर्कने गरेका छन् । उनी भन्छन्, ‘सन् १९८२ देखि इपोले भिलार फाउण्डेसन सुरु भएदेखि हालसम्म ३ सय नेपाली गाइडहरुले यहाँ तालिम लिइसकेका छन् । अन्तराष्ट्रिय स्तरको प्रमाणपत्र लिन स्की आवश्यक पर्ने हुदाँ यहा तालिम लिन आउने गरेको पाइन्छ ।’

सन् १९८२ बाट यो तालिम दिन थालिएको अर्याल बताउँछन् ।
प्रधानमन्त्री ओलीले गरे मौरिस हर्जोगको प्रशंसा
पहिलोपटक सन् १९५० जून ३ तारिखमा अन्नपूर्ण प्रथमको चुचुरोमा पुगेका फ्रान्सेली नागरिक हुन्– मौरिस हर्जोग । उनी कुनैबेला फ्रान्सको हिमाली क्षेत्र शामोनी–मो ब्लाक नगरपालिकाका मेयर पनि थिए ।
सोही नगरपालिकाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा शुक्रबार दिउँसो एक कार्यक्रमसमेत आयोजना गर्यो । पर्वतारोहण गतिविधिका लागि प्रशिद्ध फ्रान्सको हिमाली क्षेत्र शामोनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हर्जोगको सम्झना गरे ।
हर्जोगको सफल आरोहणपछि मात्र विश्वमा हिमाल चढ्ने क्रम बढेको भन्दै प्रधानमन्त्री ओलीले उनको प्रंशसा गरे ।

लियोन, फ्रान्समा १५ जनवरी १९१९ मा जन्मेका हर्जोगको १३ डिसेम्बर २०१२ मा निधन भएको थियो ।
नेपाल र फ्रान्सबीचको सांस्कृतिक सम्बन्धको चर्चा गर्दै हिमाल आरोहण गर्ने फ्रान्सेली नागरिकहरुप्रति प्रधानमन्त्री ओलीले आभार प्रकट गरे ।
सो अवसरमा शामोनीका मेयर एरिक फुर्नियमार्फत प्रधानमन्त्री ओलीलाई यहीँ बनेको आइस एक्स उपहार दिइयो ।
आजको खबर
Follow Us

पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
११ आश्विन २०८०, बिहीबार १३:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38