ताजा खबर

सुन्तला बगैंचा व्यवस्थापनमा महानगरको सहयोग

   ३२ जेष्ठ २०७६, शनिबार १९:४१      1,681 views

पोखरा महानगरपालिकाकाले सुन्तलाको पकेट क्षेत्र मानिएको वडा नम्बर २१ दोपहरे लगायतका ठाउँका किसानलाई बगैंचा व्यवस्थापन गर्न आर्थिक सहयोग गरेको छ ।

मेयर प्रविधि मैत्री कृषि परियोजना अन्तर्गत सुन्तला बगैंचा व्यवस्थापन अभियानलाई सघाउन आर्थिक सहयोग गरेको हो । शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर २१ को दोपहरेमा आयोजित कार्यक्रममा पोेखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सुन्तलाको बगैंचा व्यवस्थापनमा सघाउन किसानलाई नगद रकम हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै प्रमुख जिसीले सुन्तलाको सामूहिक रुपमा उत्पादन र प्रवद्र्धन गर्न मेयर प्रविधि मैत्री परियोजना अन्तर्गत सुन्तलाको बगैंचा व्यवस्थापनमा महानगरले सहयोग गरेको बताए । उनले महानगरले गरेको सहयोग प्रत्यक्ष रुपमा किसानले पाउँन भनेर यो कार्यक्रम ल्याएको बताए ।

‘यहाँ उत्पादित सुन्तलाको मूल्य निर्धारण गर्न र उत्पादित सुन्तलाको बजार खोज्न महानगरले सहयोग गर्नेछ,’उनले भने, ‘स्थानीय सरकार पनि किसानको साथैमा छ भन्ने प्रत्याभूति दिलाउन महानगर लागि परेको छ ।’ प्रमुख जिसीले यस क्षेत्रलाई कास्कीमै सुन्तलाको प्रमुख केन्द्र बनाउने सोंच महानगरले लिएको बताए ।

कार्यक्रमका वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यले विभिन्न किसान समूह बनाएर उनीहरुलाई प्रशिक्षित गराउनका लागि वडा पनि लागि परेको बताए । उनले वडामा पानीको समस्या भएकाले आकाशे पानी संकलनको लागि पनि सहयोग गरेको बताए । विभिन्न किसानहरुलाई सीप सिकाउन वडामै कृषि प्राविधिक राख्ने बारेमा पनि वडाले योजना बनाएको उनको भनाइ छ ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले एक बोट सुन्तलाको लागि एक सय रुपैयाँका दरले सुन्तला बगैंचा व्यवथापन गर्न महानगरले किसानलाई सहयोग गरेको बताए । उनका अनुसार पाँच वर्ष माथिका फल दिने ११ हजार सुन्तलाका बोटको लागि ११ लाख सहयोग गरिएको हो ।

किसानले २ हजार देखि ६० हजारसम्म आर्थिक सहयोग पाएको कडरियाले बताए । शुक्रबार १ सय ६६ जना किसानलाई उनीहरुसँग भएका फल दिने सुन्तलाको बोट अनुसार नगद रकम हस्तान्तरण गरिएको हो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: