
सातै प्रदेशले आज बजेट ल्याउँदै, गण्डकी प्रदेशमा २४ अर्बको बजेट, फिल्म केन्द्रदेखि स्थानीय तहलाई राजधानी जोड्ने योजना
संघीय सरकारले बजेट ल्याएको १७ दिनपछि आइतबार देशका ७ वटै प्रदेश सरकारले बजेट ल्याउँदैछन् । संघीय सरकारले दिएको अनुदान, प्रदेश सरकारको आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकम जोडेर प्रदेश सरकारले बजेट ल्याउँदैछन् ।

राष्ट्रिय गौरवका र ठूला आयोजनाको जिम्मा संघीय सरकारले लिएको छ । यस्तै साना आयोजना स्थानीय तहले निर्माण गर्नेछन् । त्यसैले प्रदेश सरकारले मध्यम आयोजना समेटेर र नागरिकलाई खुसी पार्नेगरी बजेट ल्याउने तयारी गरेका छन् ।
कुन प्रदेश सरकारले कति रकमको र कस्तो बजेट ल्याउँदैछन् त ?
प्रदेश १ : ४२ अर्बको बजेट, सुरुङ मार्ग मुख्य प्राथमिकतामा
चालु वर्ष ३५ अर्ब रुपैयाँको बजेट ल्याएको प्रदेश १ ले आज ४२ अर्ब रुपैयाँको बजेट ल्याउँदैछ । झापाको केचनकवलदेखि सगरमाथाको बेस क्याम्पसम्म सडक, धरानदेखि धनकुटाको मुलघाटसम्म सुरुङमार्ग सहितका ठूला योजनासहित जिल्ला जिल्लाका सडक र पर्यटकीय क्षेत्रको बिस्तारलाई ध्यान दिएर बजेट ल्याउने प्रदेश १ को तयारी छ ।
प्रदेश २ : ३० अर्बको बजेट, छोरीमा विशेष ध्यान, गरिबको घरमा सरकार
प्रदेश २ ले सरकारले ३० अर्ब रुपैयाँ भन्दा धेरैको बजेट ल्याउँदैछ । संघीय सरकारले प्रदेश २ लाई २२ अर्ब रुपैयाँको सिलिङ तोके पनि बैदेशिक सहायता, अनुदान प्रदेशको आम्दानी लगायतलाई समेटेर ३० अर्ब रुपैयाँ भन्दा धेरैको बजेट ल्याउने तयारी छ । प्रदेश २ ले मुख्यमन्त्री स्वच्छता अभियान, बेटी पढाउँ बेटी बचाउँ अभियान, स्वच्छता सबै नागरिकलाई स्वास्थ्य र शिक्षाको पहुँचमा ल्याउने, स्थानीय सडकको स्तरोन्नति लगायतका कार्यक्रम प्रदेश २ सरकारको बजेटमा प्राथमिकतामा परेका छन् ।
प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘हामीले विकास निर्माणसँगै सामाजिक परिवर्तन र सुधारलाई बजेटमा मुख्य स्थान दिएका छौं, प्रदेशको मुहार फेर्ने गरी र गरिबको घरघरमा सरकार पुग्ने गरी बजेट आउँदैछ ।’
प्रदेश ३ : ४८ अर्बको बजेट, सुरुङ्खदेखि मेडिकल कलेजसम्मका योजना
प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब ४८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । बजेटको सबैभन्दा ठूलो रकम पूर्वाधारका क्षेत्रमा खर्च गर्न लागिएको छ । प्रदेश सरकारले प्रदेश गौरवको योजान अन्तर्गत पोष्टबहादुर बोगटी भिमफेदी– काठमाण्डौ सुरुङमार्ग निर्माणका लागि बजेट छुट्याइएको छ । प्रदेशका सबै जिल्लालाई समेट्नेगरी पुष्पलाल चक्रपथ निर्माण गर्न लागिएको छ ।
त्यसैगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गौरवको योजानका रुपमा अगाडि बढाइएको छ । हेटौंडा अस्पतालको क्षमता बृद्धि गरेर स्वाथ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने तयारी गरिएको हो । त्यस्तै मदन भण्डारी सडक निर्माण गर्नका लागि बजेट छुटइएको र गौरवका योजनाका रुपमा अगाडि बढाइएको प्रदेश सरकारले जनाएको छ । चालु आर्थिक वर्षका केही महत्वपूर्ण योजनालाई गौरवका योजनाका रुपमा सरकारले लिएको थियो । तर, रकम खर्च गर्न नसकेपछि आउँदो आर्थिक वर्षको योजनामा पनि गौरवका योजनाका रुपमा अगाडि बढाइएको छ ।
गण्डकी प्रदेश : २४ अर्बको बजेट, फिल्म केन्द्रदेखि हरेक स्थानीय तहलाई राजधानी जोड्ने योजना
चालु वर्ष २४ अर्ब रुपैयाँको बजेट ल्याएको गण्डकी प्रदेशले आउँदो वर्षको लागि ३५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउँदैछ । उपल्लो मुस्ताङ र मनाङमा चलचित्र केन्द्र बनाउने, हरेकको घरघरमा बिजुली, आन्तरिक पर्यटन बर्ष घोषणा, खानेपानीको पहुँच, हरेक गाउँपालिकालाई प्रदेश राजधानी पोखरासँग जोड्ने तथा कृषि र पर्यटनलाई मुख्य प्राथमिकता दिने प्रदेश ४ सरकारको तयारी छ ।
प्रदेश ५ : ३५ अर्बको बजेट, बजेट खर्च गर्ने मुख्य लक्ष्य
प्रदेश नम्बर पाँचको सरकारले आइतबार ३५ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दैछ । दिउँसो ३ बजे प्रदेश सभा भवन बुटवलमा आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट सार्बजनिक गर्ने कार्यसूची रहेको छ ।
यो बजेटमा कृषिको आधुनिकीकरण, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिने सरकारको तयारी छ । चालु वर्ष २८ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेर खर्च गर्न नसकेको आरोप खेपेको सरकारले अहिले भने पूर्ण कार्यन्वयन हुने खालको बजेट तयार गरेको प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बताउनुभयो ।
कर्णाली प्रदेश : ३३ अर्बको बजेट, १ करोड रुपैयाँभन्दा तलका आयोजना नै सूचीमा छैनन्
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३३ अर्ब बराबरको बजेट ल्याउने भएको छ । संघीय सरकारबाट प्राप्त सिलिङ्ग अनुसार बजेटको तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार संघीय सरकारबाट विभिन्न शीर्षकमा प्रदेशले अनुदान प्राप्त गरेको छ । जसमा समानिकरण अनुदानतर्फ नौ अर्ब ८४ करोड ८३ लाख, राजश्व बाँडफाँडमा सात अर्ब ४४ करोड ४३ लाख र शसर्त अनुदानमा पाँच अर्ब २७ करोड उपलब्ध भएको छ । यस बाहेक चालु आर्थिक वर्षमा खर्च हुन नसकेको झण्डै आठ अर्ब र प्रदेशको आन्तरिक स्रोतलाई मिलाएर बजेट ल्याउने तयारी भइरहेको हो ।
चालु आर्थिक वर्षमा घाटा बजेट समेत ल्याएको सरकारले यसै अनुसारको बजेट उपलब्ध नभएपछि आगामी वर्ष भने घाटा बजेट समेत नल्याउने बताएको छ । कर्णाली सरकारले चालु आर्थिक वर्षमा ५० करोेड आन्तरिक स्रोत संकलन गर्ने लक्ष्य लिए पनि पूरा गर्न नसकेपछि राजश्वको स्रोत खोजी गरेर राजश्वको दायरा पनि बढाउने र राजश्वको अनुमान बढाउने तयारी पनि गरेको छ ।
सरकारले ल्याउने बजेटमा जलविद्युत आयोजनामा बजेटको व्यवस्था गर्ने तयारी गरेको छ । प्रदेशमा निर्माण गर्न सकिने साना जलविद्युत आयोजनामा सरकारले बजेटको व्यवस्था गर्ने तयारी गरेको हो ।
प्रदेश सरकारले योजना छनौटमा पनि विशेष ध्यान दिने भएको छ । विगतमा टुक्रे योजनाहरुमा कनिका छरेझै बजेट वितरण गरेको भन्दै आलोचना खेपेको सरकारले अब भने एक करोड भन्दा तलका योजना समावेश नगर्ने भएकोे छ ।
सूदुरपश्चिम प्रदेश : २९ अर्बको बजेट, विकट जिल्ला र गरिबमा केन्द्रित
सुदूरपश्चिम प्रदेश सरकारले झण्डै २९ अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि त्यसमा ४ अर्ब थपेर २९ अर्वको बजेट ल्याउन लागेको छ ।
कृषिलाई विशेष प्राथमिकतामा राखेर तीन वर्षभित्र कृषिमा आत्मनिर्भर हुने गरी बजेट ल्याउन लागेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । बजेटमा प्रदेशको पूर्वाधार विकासलाई पनि बढी महत्व दिएर त्यसको मेरुदण्ड तयार पार्ने गरी ल्याईने प्रदेश सरकारको भनाई छ । वैदेशिक निर्यातलाई प्रतिस्थापन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आउनुका साथै विपन्न वर्ग, भौतिक पूर्वाधार, सामाजिक विकासका क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेर बजेट आउने आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले बताउनुभयो ।
प्रदेशको गरिबी, बेरोजगारी र बझाङ, बैतडी, बाजुरा जस्ता विकट जिल्लाहरूलाई प्राथमिकतामा राखेर बजेट ल्याउने आउने छ । विगतको केही योजनाहरू दोहोरिने र केही नयाँ योजनाहरू थपेर बजेट ल्याउन लागिएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38