
समृद्ध प्रदेश बनाउन गण्डकीको ३२ अर्ब १३ करोड बजेट (पूर्ण पाठ सहित)
गण्डकी प्रदेश सरकारले आइतबार आगामी आर्थिक बर्ष २०७६÷०७७ को बजेट संसदमा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी बर्षका लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट संसदमा पेश गरेका हुन् ।

गुरुङले कुल बजेटमा चालु खर्च तर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार विनियोजन गरेका छन् भने पुँजीगत तर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार रुपैया विनियोजन गरेका छन् ।
बजेटमा सबै भन्दा धेरै योजना भौतिक पुर्वाधार निर्माणमा खर्च गर्ने गरी विनियोजन गरेको छ । गत बर्ष शुरु गरेको होमस्टे प्रवद्र्धन, मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम, बहुसाँस्कृतिक ग्राम लगायतका योजनालाई निरन्तरता दिएको छ ।
समृद्ध गण्डकी प्रदेश बनाउने निति अनुसार नै प्रदेश सरकारले बजेट ल्याएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार आगामी बर्षका लागि ल्याएको निति तथा कार्यक्रम, पञ्चबर्षिय योजना लगायतलाई ध्यान दिएर नै बजेट ल्याइएको छ ।
बजेटले रोजगारी तथा स्वरोजगार सृजना, कृषि उत्पादन बढाउने लगायतको अपेक्षा राखेको छ ।
हेर्नुहोस् बजेटको पूर्ण पाठ http://moeap.gandaki.gov.np/uploads/files/Budget%202076.pdf
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38