ताजा खबर

गुरुकुलमा अन्तर एसईई खुल्ला बास्केटबल प्रतियोगिता सम्पन्न

   १ असार २०७६, आईतवार १९:४५      994 views

पोखराको नयाँबजारस्थित गुरुकुल विद्या सदन माविमा अन्तर एसईई खुल्ला बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

छुट्टाछुट्टै रुपमा छात्र र छात्रातर्फ भएको प्रतियोगितामा छात्रतर्फको उपाधी कास्की बास्केटबल एकेडेमी (रातो) ले जितेको छ भने छात्रातर्फ कास्की बास्केटबल एसोसिएसन प्रथम भएको छ ।

छात्रतर्फको फाइनल खेलमा कास्की एकेडेमीले मनकामनालाई तथा छात्रातर्फ एलएसएसलाई पराजित गर्दै कास्की एसोसिएसनले उपाधी जितेको हो ।


प्रतियोगितामा प्रथम हुने समुहले नगद ५ हजार तथा द्वितिय हुने समुहले नगद ३ हजार सहित मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे । त्यसैगरि प्रथम हुने खेलाडीले गुरुकुल विद्या सदनमा ११ कक्षामा विज्ञान, होटल व्वस्थापन तथा व्यवस्थापन संकायमा अध्यायन गर्दा मासिक शुल्कमा पूर्ण छुट प्राप्त गर्नेछन् । दोश्रो हुने समुहका खेलाडीले मासिक शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्ने कार्यक्रमका संयोजक प्रकास पराजुलीले जानकारी दिए ।


कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङ्गले एक समारोहका विच विजेता तथा उप–विजेता टिमका खेलाडीहरुलाई पुरस्कृत गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई.धर्मराज कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका सह–प्राचार्य हरि ढकाल, एकेडेमिक डिन रबि कार्की, विद्यालयका संस्थापक सदस्य प्रमोद बराल लगायतले विद्यालयका गतिविधीमाथि प्रकास पारेका थिए । विद्यालयका प्राचार्य अचुत पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: