
हाईकर्स क्लबद्धारा अष्ट्रेलियन क्याम्प, पोथना र धम्पुसको पदयात्रा सम्पन्न
पोखरा । हाईकर्स क्लब नेपालको आयोजनामा शनिबार पोखराबाट एक समुहले हाईकिङ गर्दै कास्कीका पर्यटकीय स्थल अष्ट्रेलियन क्याम्प, पोथना र धम्पुस गाउँको अवलोकन भ्रमण सम्पन्न गरेको छ ।

विहान ७ वजे पोखरा जिरोकिलोमिटरमा भेला भई सिटिवस यात्रा गर्दै काँडे पुगेर सामान्य नास्ता गरी हिडेको २० जनाको समुह करिब १ घण्टा ३० मिनेटमा अष्ट्रेलियन क्याम्प पुगेको थियो । त्यहाँ खाना खाए पछि पोथना पुग्न ३० मिनेट र पोथनाबाट १ घण्टामा धम्पुस आईपुगेको हाईकर्सको समुह धम्पुसको पुरानो होमस्टेको अवलोकन गर्दै वाग्लुङ हाईवेमा दिउँसो ४ वजे आएको थियो ।
विगत ३ महिनादेखि हरेक महिनाको अन्तिम शनिबार एक दिन आफ्नै खर्चमा हाईकिङ गराउँदै आएकोमा जेठको अन्तिम शनिबारको लागि पर्यटकीय स्थल अष्ट्रेलियन क्याम्पको क्षेत्रमा हाईकिङ जानको लागि क्लबले संयोजकमा ट्रेकिङ गाईड सुन्दर त्रिपाठीलाई चयन गरेको थियो ।
सहभागी कृष्ण क्षेत्री, रविन गुरुङ, जितेन्द्रमान शाक्य, मोहन केसी, युनिक अधिकारी, पितम सेन, पत्रकार मधु अधिकारी, कृष्ण रानाभाट, पत्रकार सुमन गुरुङ लगाएतका व्यक्तिहरुले हाइकिङलाई नियमित गराउनु पर्ने वताएका थिए ।
हरेक हाईकिङमा जस्तै यस पटकको हाईकिङमा पनि सहभागीहरुले नै अगामि महिना असारको अन्तिम शनिबार २८ गतेको लागि पोखरा ११ मा रहेको काहँु धरहरामा हाईकिङ जाने भएको छ ।
हाईकिङमा जानको लागि आफ्नो खर्च आफैले गर्नुपर्ने हुन्छ भने क्लबले सहजीकरण मात्र गर्दै आएको छ ।
हरेक हाईकिङमा जस्तै यस पटकको हाईकिङमा पनि सहभागीहरुले नै अगामि महिना असारको अन्तिम शनिबार २८ गतेको लागि पोखरा ११ मा रहेको काहँु धरहरामा हाईकिङ जाने सल्लाह भएको छ ।
हाईकिङमा जानको लागि आफ्नो खर्च आफैले गर्नुपर्ने हुन्छ भने क्लबले सहजीकरण मात्र गर्दै आएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38