ताजा खबर

तनहुँको भानु नगरपालिकाका कर्मचारीलाई बिर्खे टोपी अनिवार्य

   २ असार २०७६, सोमबार ११:५८      1,062 views

दमौली । तनहुँको भानु नगरपालिकाका कर्मचारीले भानुभक्तीय बिर्खे टोपी लगाउन शुरु गरेका छन् ।

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानु नगरपालिकाका कर्मचारीले आइतबारबाट बिर्खे टोपी लगाउन शुरु गरेका हुन् ।

नगर कार्यपालिकाको बैठकले असार १ गतेबाट कर्मचारीले अनिवार्य रुपमा बिर्खे टोपी लगाउनुपर्ने निर्णय गरेपछि उक्त निर्णयलाई व्यवहारमा लागू गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

उनले भने, ‘भानुभक्तको नामबाट नामाङ्कन भएको नगरपालिकामा आउने सबैलाई भानुभक्तीय टोपीको बारेमा जानकारी दिन र पहिचान झल्काउन बिर्खे टोपी लगाउन शुरु गरेका हौं ।’

पाण्डेका अनुसार नगरपालिकाभित्र कार्यरत १०० भन्दा बढी कर्मचारीले बिर्खे टोपी लगाउन शुरु गरेका छन् । राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउनुका साथै प्रचारप्रसारका लागि भानुभक्तीय टोपी लगाउन कर्मचारीलाई आग्रह गरेबमोजिम कर्मचारीले बिर्खे टोपी लगाउन शुरु गरेको नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए ।

उनले भने, ‘आदिकविको सम्मान र प्रचारप्रसार गर्ने उद्देश्यसहित यस्तो नियम लागू गरिएको हो ।’ उनका अनुसार नगरपालिकाले भानु जयन्तीको अवसरमा असार २९ गते नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने तयारी गरेको छ । (रासस)

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: