ताजा खबर

फेदीखोला गाउँपालिका राष्ट्रपति रानिङ्ग शिल्डको उपाधि चण्डि डाँडा मा.वि.लाई

   २ असार २०७६, सोमबार १९:३८      1,820 views

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ फेदीखोला गाउँपालिका स्याङ्जाद्वारा आयोजना गरिएको गाउँपालिका विद्यालय स्तरिय राष्ट्रपति रानिङ्ग शिल्ड प्रतियोगिता चण्डि डाँडा मा.वि.ले हात पारेको छ ।

गाउँपालिकाद्वारा आयोजित उक्त प्रतियोगितामा गाउँपालिका भरिका ७ सामुदायिक र २ संस्थागत गरी ९ वटा विद्यालयको सहभागिता रहेको थियो । ७ वटा विद्यालयलाई पछि पार्दै सिद्धार्थ मा.वि. र चण्डिडाँडा मा.वि. फाइनलमा भिडेका थिए ।

फेदीखोला गाउँपालिका वडा नं. २ स्थित सिद्धार्थ मा.वि. को खेल मैदानमा भएको फाइनल खेलमा चण्डि डाँडा मा.वि.ले सिद्धार्थ मा.वि.लाई लगातार तेस्रो सेटमा पराजित गर्न सफल भएको थियो ।

उपाधीसँगै चण्डि डाँडा मा.वि.ले ट्रफि, मेडल, प्रमाणपत्र र नगद रु. ३०,००० र उप विजेता सिद्धार्थ मा.वि.ले ट्रफि, मेडल, प्रमाणपत्र र नगद रु. १५,००० प्राप्त गरेको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यहरु, विद्यालयका प्र.अ., विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, गाउँपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका शिक्षक प्रतिनिधि, स्थानिय, खेलप्रेमी लगायतको सहभागी रहेको थियो ।

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँपालिका शिक्षा शाखा प्रमुख एवम कार्यक्रमका संयोजक रामचन्द्र गुरुङले गर्नुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: