ताजा खबर

बझाङ जीप दुर्घटना अपडेट : एकै परिवारका तीन जनासहित १० जनाको मृत्यु

   ३ असार २०७६, मंगलवार ११:४१      1,176 views

बझाङ – बझाङमा जीप दुर्घटना ज्यान गुमाउनेको संख्या १० जना पुगेको छ । सदरमुकाम चैनपुर नजिकै डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाँउपालिका – १ डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा १० जनाको घटना स्थलमा नै ज्यान गएको हो । 

दुर्घटनामा  ५ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनार बताउनुभयो । घाइते ३ जनाको अवस्था चिन्ताजनक रहेको र उनीहरुको उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताउनुभयो । अन्य २ जना घाइतेको जिल्ला अस्पताल सिमखेतका उपचार भैरहेको छ । 

दुर्घटनामा एकै गाँउका ७ जनाको ज्यान गएको छ भने एकै परिवारका ३ जनाको ज्यान गएको नेकपाका जिल्ला सदस्य तथा स्थानीय रामचन्द्र रोकायाले जानकारी दिनुभयो । मष्टा गाँउपालिका –१ कोटदेवलका एकै परिवारका ४० वर्षीय कलक खड्का उनकी श्रीमती ४८ वर्षीया जुनधारा खड्का र उनका १२ बर्षीय छोरा सरोज खड्काको ज्यान गएको हो । यस्तै यही गाउँका १९ वर्षीय हिक्मत खड्का, ५२ वर्षीया धौलीदेवी खड्का, १५ वर्षीया जुना  खड्का, ८ वर्षीया विपना खड्काको ज्यान गएको छ ।  यस्तै, मष्टा गाँउपालिका– १ कै रनाडा गाउँका ३० वर्षीय भक्त द्धाल र ३५ वर्षीया लक्ष्मी द्धाल र जिनाडा गाउँका २२ वर्षीय जीप चालक सुरेन्द्र थापाको ज्यान गएको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक माहानन्द जोशीले जानकारी दिनुभयो । 

घाइते भएका पाँच मध्ये तीन जनालाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ । तीनै जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल सिमखेतका डाक्टर सन्दीप ओखेडाले बताउनुभयो  । मष्टा गाँउपालिका– १ का १२ वर्षीय गणेश खड्का, २३ वर्षीय गोकुल शाही र ३३ वर्षीय जनक द्वाललाई नेपालगञ्ज लगिएको हो । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको डाक्टर ओखेडाले बताउनुभयो ।

मष्टा गाउँपालिका–१ कै ३५ वर्षीया अनिता द्धाल, १५ वर्षीया संगीता खड्काको जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको छ । मृतक सबैको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । मष्टा गाँउपालिका वडा नम्बर १ शोकमा डुबेको छ । क्षमता भन्दा बढी यात्रु, उकालो र साँघुरो बाटो भएकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीले बताउनुभयो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: