ताजा खबर

अदालतमा बयान दिएलगत्तै इजिप्टका पूर्वराष्ट्रपतिको निधन

   ३ असार २०७६, मंगलवार ११:४४      889 views

इजिप्ट । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन भएको छ । आफूविरुद्ध लागेको अभियोगका विषयमा सुनुवाइका क्रममा अदालतमा उपस्थित गराइएका उनको मृत्यु भएको हो ।

मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित गराइएको थियो । जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामिक समूह हमाससँग शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस भएका थिए ।

बेहोस् भएर लडेको केही समयमै उनको निधन भएको हो । उनी सन् २०१३ मा अपदस्थ गरिएका थिए ।

सन् २०१२ मा निर्वाचित भएको एक वर्षपछि नै इजिप्टको सेनाले उनलाई अपदस्थ गरेयता उनी जेलमा थिए । जेलमा पनि मोर्सीलाई एकान्त ठाउँमा राखिएको थियो । उनका परिवार तथा कानुन व्यवसायीसँग पनि निकै कममात्र भेट गर्ने दिने गरिएको थियो ।

अदालतमा उपस्थित गराइएका मोर्सीलाई सिसाको पिँजडाभित्र राखेर करिब पाँच मिनेट बयान लिइएको थियो । अदालत कारबाहीमा बाधा नपुगोस् भनेर त्यस्तो पिँजडामा राखेको बताइएको छ । निधन हुनुको खास कारण भने खुलाइएको छैन ।

मुस्लिम ब्रदरहुड दलले भने आफ्ना नेताको निधनलाई हत्याको संज्ञा दिएको छ । उसले मोर्सीलाई उपचार सेवासमेत नदिइएको आरोप लगाएको छ । (एजेन्सी)

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: